टेकेन्द्र बोहरा
बझाङको मस्टा गाँउपालिकाको क्वारेन्टीनमा वसेका एक युवकलाई प्रहरीले कुटपिट गरेको गरेको छ ।
बझाङ मस्टा गाँउपालिका वडा नँ ५ को जानकी निमावी किनाराको क्वारेन्टीनमा वसेका झलक वोहरालाई मस्टा गाँउपालिका प्रहरी चौकी इञ्चार्ज राजेश भाटले कुटपिट गरेको हो ।
बोहराले भने अरु साथीहरु पसलमा गएर रक्सी खाएर आएको र जसले जाँड रक्सी खाएको उनीहरुलाई कुटपिट नगरेको र आफूलाई मात्र पटक पटक विना कारण कुटपिट गरेको बताए ।
शुरुमा शुरुमा प्रहरीको डरले कसैलाई पनि कुटपिट गरेको बारेमा कसैलाई नभनेको र पछि प्रहरीबाट बारम्बार कुटपिट हुने भएपछि भन्न वाध्य भएको वोहराले बताए ।
क्वारेन्टीनमा वसेका मान्छेहरुलाई बिना कारण कुट्न पाईन्छ भनेर मस्टा गाँउपालिकाका प्रहरी चौकी इञ्चार्ज राजेश भाटलाई प्रश्न गर्दा रक्सी खाएको कारण आफूले कुटपिट गरेको र आफूसँग रक्सी खाएको मेडिकल रिपोर्ट समेत भएको बताए।
यता जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख गणेश वमलाई यस घटना वारे बुझ्दा आफूलाई कुनै जानकारी नभएको र यस बिषयमा वुझ्ने बताएका छन् ।