काठमाडौ । महालक्ष्मी विकास बैंकले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको छ।
बैंकले लक्ष्मीपूजाको अवसर पारेर ललितपुर महानगरपालिका ५, महालक्ष्मीस्थान, ललितपुरमा शताब्दी पुरुष सत्यमोहन जोशीको प्रेरणाले महालक्ष्मी स्वस्तिक बँगैचा मर्मत तथा पुनःनिर्माण कार्य सम्पन्न गरी व्यवस्थापन समितिलाई हस्तारण गरेको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र ललितपुर महानगरपालिका-५ का वडाअध्यक्ष विकासमान श्रेष्ठकाे उपस्थितिमा कार्यक्रमका प्रमुख आतिथि तथा ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले विधिवत रुपमा समुद्घाटन गरी व्यवस्थापन समितिका अध्यक्ष आत्माराम कोइरालालाई हस्तान्तरण गरिएको थियो भने कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको लिखितम् शुभकामना मन्तव्य प्रस्तुत गरिएको थियो।
महालक्ष्मी मन्दिर परिसरको प्राकृतिक सौन्दर्यतालाई अभिवृद्धि गर्नुका साथै मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई स्वच्छ तथा शान्त वातारणको अनुभूति प्राप्त गर्न मद्दत पुर्याउने उद्देश्यले बैंकले उक्त बगैँचा मर्मत तथा पुनःनिर्माण गरिएकाे हो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको यस बैककाे शहरी तथा ग्रामीण क्षेत्र गरी देशैभरका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझै प्रभावकारी कायक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ।