Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:०९:१५    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
DEVELOPMENT & RECONSTRUCTION
  • Home
  • News
  • गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा
64x64
मगलवार, पुष २८, २०७७ News Missile

काठमाडौँ । सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा स्थापित पृथ्वीनारायण शाह अध्ययन केन्द्र राष्ट्रनिर्माता र नेपालको एकीकरण बारे अध्ययन र शोध गर्न चाहने विद्यार्थी एवं अनुसन्धानकर्ताका लागि खुला गरिएको छ।

राष्ट्रिय एकता दिवसका अवसरमा सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेको उक्त केन्द्र पृथ्वीनारायण र नेपालको एकीकरणको इतिहास एकैथलोबाट अध्ययन एवं अनुसन्धानका रुपमा विकास गर्ने लक्ष्यका साथ स्थापना भएको हो।

अहिले राष्ट्रनिर्माता र एकीकरण अध्ययन केन्द्र रहेपनि भविष्यमा यसलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएको उपरथी सहदेव खड्काले जानकारी दिए।

मुलुकभित्र वा बाहिरका सम्पूर्ण देशप्रेमी, इतिहाससँग सम्बन्धित व्यक्ति, इतिहास जान्न इच्छा राख्नेले राष्ट्रनिर्माता र एकीकरण सम्बन्धी प्रकाशित वा अप्रकाशित कुनै पनि तथ्यपरक सामग्री पनि उक्त केन्द्रमा उपलब्ध गराउन सक्ने सेनाले जनाएको छ।

सेनाले इतिहासका विद्यार्थी र इच्छुक अनुसन्धानकर्तालाई केन्द्रबाट भरपूर लाभ लिन अनुरोध गरेको छ। मुलुभर छरिएर रहेका पृथ्वीनारायण र एकीकरण सम्बन्धी सम्पूर्ण सामग्री एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गरिएको हुँदा केन्द्रमा प्राप्त सामग्री उचित संरक्षण हुने जनाइएको छ ।

यहाँ आयोजित पत्रकार सम्मेलनमा सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले केन्द्रबाट अध्ययन र अनुसन्धान गर्न चाहनेलाई सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

त्यस्ता इच्छुकले दिएको निवेदन तहगतरुपमा स्वीकृति भएपछि अध्ययन अनुसन्धानका लागि उक्त निर्देशनालयले सहजीकरण गर्ने छ। केन्द्रमा राष्ट्रनिर्माता र एकीकरण बारे हालसम्मप्राप्त सम्पूर्ण सामग्री राखिएको बताइएको छ।

केन्द्रको मुख्य प्रवेशद्वारले गोरखा दरबारको झझल्को दिनेछ भने मूलद्वारबाहिर पाटन र भक्तपुर दरबार सङ्ग्रहालयका ठूला तस्वीर प्रदर्शित छ।

केन्द्रमा प्रवेश गर्नासाथ पूर्णकदको पृथ्वीनारायण शाहको चित्राकृति देखिन्छ । उक्त आकृतिसँगै एकीकरणको अभियानसँग जोडिएको किंवदन्तीअनुरुप त्यसबेलामा सम्पर्क रहेका गोरखनाथको आकृति र शाहवंशीय वंशवृक्ष राखिएको छ।

केन्द्रमा कपडामा लेखिएको ५२ हातको हस्तलिखित जन्मकुण्डली (राष्ट्रनिर्माता) को छविचित्र प्रस्तुत गरिएको छ। पृथ्वीनारायणको राजगद्दीसँग मिल्ने गरी तत्कालीन सिंहासन राखिएको छ । युद्धमा जानुपूर्व त्यस बेलाका पण्डितद्वारा दिन र समय तोकेर निकालिएका शुभसाइतसम्बन्धी जानकारी पुस्तक पनि अनुसन्धानकर्ताका लागि महत्वपूर्ण दस्तावेज हुनेछ।

एकीकरणका नायक पृथ्वीनारायणले छिमेकी र छिमेकी राजाले उनलाई लेखेका करीब २ सय चिट्ठीको संँगालो पनि इतिहास जान्न चाहनेका लागि निकै महत्वपूर्ण खुराक हुने छ । तत्कालीन दिल्लीका बादशाहले पृथ्वीनारायणलाई उपाधि प्रदान गरिएको उर्दू भाषामा लेखिएको चिठी पनि ऐतिहासिक दस्तावेजका रुपमा रहेको छ। पृथ्वीनारायणको दिव्योपदेशलाई श्रव्यमा ढालिएको तथा उनको जीवनी समेटिएको वृत्तचित्र पनि त्यहाँ समेटिएको छ।

केन्द्रमा पृथ्वीनारायणकालीन हातहतियार, गुप्त लौरो, भाँडाबर्तन र सैनिक पोशाक पनि अध्ययनकर्ताको जानकारीका लागि राखिएको छ। सो अवसरमा सेनाले सञ्चालन गर्दै आएको एकीकरण मार्ग पदयात्रा संयोजन गर्दै आएका प्रमुख सेनानी अजय गुरुङले सविधानअनुरुप राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उद्देश्यले पदयात्रा सञ्चालन गरिएको जानकारी दिए।

उक्त मार्गमा पर्यटन प्रवद्र्धन गरी मुलुकको आर्थिक र समृद्धिमा ठूलो योगदान पुग्ने विश्सास लिइएको छ। उनले भने, “२०७५ सालदेखि एकीकरण मार्ग पदयात्राको अवधारणा शुरु भएको हो।सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयको एकीकृत कार्यक्रम भएकाले व्यवस्थितरुपमा सञ्चालन गर्नुपर्छ भन्ने उद्देश्य छ । यसमा प्रदेश सरकार, स्थानीय तह र सेनाको तलसम्मका इकाइलाई समेटेर एकीकृत अवधारणामा सञ्चालन गर्ने काम भइरहेको छ।”

ऐतिहासिक गढी, किल्ला, यृद्धस्थल एवं पदमार्गको खोज, अनुसन्धान गरी इतिहासको संरक्षण र सम्बद्र्धन गर्ने उद्देश्यले उक्त पदयात्रा कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए ।

ऐतिहासिक तथ्यमा आधारित लडाइँसँग सम्बन्धित स्थानमा युद्ध सङ्ग्रहालय स्थापना गरी भावी पुस्तालाई जानकारी गराउने पदयात्रा कार्यक्रमको लक्ष्य छ।

सेनाले प्रत्येक प्रदेशमा एकता बाटिका स्थापनाको काम अघि बढाइसकेको छ । एकीकरण स्मृति उद्यानबाट आधुनिक नेपाल निर्माणमा सबै भूगोल र जातजातिको उत्तिकै योगदान छ भन्ने सन्देश प्रवाह गर्नेछ ।

 


प्रकाशित मिति: मगलवार, पुष २८, २०७७, ०७:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन
मेलम्ची आइपुग्न अझै समय लाग्ने
रातो मच्छिन्द्रनाथ मन्दिर पुनःनिर्माणमा जुटेका उपभोक्ता समिति महँगो काठ किन्न बाध्य
DEVELOPMENT & RECONSTRUCTION
सेञ्चुरी फर युनिभर्सल पिस केन्द्र निर्माणमा घिसिङको ऐक्यबद्धता
64x64
बुधवार, पुष १५, २०७७ News Missile
युनिभर्सल पिस केन्द्रमा २ हजार बढी क्षमताको अन्तर्राष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय तथा ... पुरा पढ्नुहोस्
DEVELOPMENT & RECONSTRUCTION
इन्द्रसरोवर, गोसाइँकुण्ड र दोलखामा रोपवे तथा केवलवे निर्माण अध्ययन शुरु
64x64
आइतवार, पुष ५, २०७७ News Missile
देशमा हाल विद्युत् उत्पादन बढदै गएको सन्दर्भमा विद्युतीय ऊर्जामार्फत सञ्चालन हुने यातायातका साधनलाई प्राथमिकता... पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP