Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०२:५५:५४    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
DEVELOPMENT & RECONSTRUCTION
  • Home
  • News
  • इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
64x64
बिहिवार, माघ ८, २०७७ News Missile

काठमाडौ । नेपाल र इजरायलबीच गत असोजमा भएको इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतापत्र कार्यान्वयन गर्न दुई देशका अधिकारीबीच ‘इम्प्लिमेन्टेसन प्रोटोकल’ हस्ताक्षर भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सरकारका तर्फबाट वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहाल र इजरायलका तर्फबाट नेपालका लागि इजरायली राजदूत खनान गोडेरले हस्ताक्षर प्रोटोकलमा हस्ताक्षर गरेको हो।

प्रोटोकलमा हस्ताक्षर भएसँगै इजरायलको विशिष्ट श्रम बजार नेपाली युवाका लागि खुला भएको छ। सम्झौता अनुसार ५ सय नेपाली युवा केयरगिभर क्षेत्रमा रोजगारीका लागि इजरायल जानेछन् । ती युवाले इजरायली श्रम कानूनअनुसार सेवा सुविधा पाउनेछन्।

इजरायली रोजगारमा निजी क्षेत्रलाई सहभागी गराइएको छैन । दुई देशबीचको सरकार–सरकार संयन्त्र (जिटुजी) बाट नेपाली इजरायल जानेछन्।

यसअघि विभिन्न चरणमा छलफल भई सहमति समेत भइसकेकाले पहिलो क्षेत्रका रुपमा इजरायलको नर्सिङ क्षेत्र (अस्पताल, नर्सिङ होम, दिवा स्याहार केन्द्रलगायत) मा नेपालीले रोजगारीको अवसर प्राप्त गर्ने मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका लागि इजरायललाई आकर्षक गन्तव्यका रूपमा लिइन्छ। आम्दानी, सामाजिक सुरक्षा तथा रोजगारीजन्य श्रमिक स्वास्थ्य सुरक्षाका दृष्टिले इजरायल विश्वकै उत्कृष्ट मुलुकमा पर्दछ। केही वर्षदेखि नेपाली कामदार लैजान बन्द गरेको इजरायलले पछिल्ला समय नेपाली श्रमिक लैजाने चाहना गरेको थियो।

इजरायलले कृषि तथा केयर गिभरको क्षेत्रमा विदेशी कामदार लिँदै आएको छ। इजरायलमा केयर गिभरको सङ्ख्या बढी छ र नेपालीहरू पनि धेरै जसो केयर गिभरका रूपमै नै त्यहाँ जाने गरेको छन्।

इजरायलमा करिब २ हजार ५ सयको सङ्ख्यामा नेपाली रहेका तेलअभिवस्थित नेपाली दूतावासले जनाएको छ। इजरायलको श्रम कानून निकै नै श्रमिकमैत्री भएकाले तुलनात्मक हिसाबले अन्य देशभन्दा कम समस्या आउने गरेको छ।

सरकारी माध्यमबाट नेपाली श्रमिक इजरायल पठाउँदा पारदर्शी हुने गरी कार्यविधि तयार गरिएको श्रम मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार इजरायलमा दक्ष र सीपयुक्त श्रमिक सरकारले पठाउने भएकाले यसलाई सकेसम्म व्यवस्थित र पारदर्शी बनाउने गरी कार्यविधि बनाएको छ ।

गत असोज १४ गते नेपाल र इजरायलबीच ‘इजरायलको विशिष्ट श्रम बजारमा नेपाली कामदारको अस्थायी रोजगारीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा श्रममन्त्री गौरीशङ्कर चौधरीले प्रोटोकलमा हस्ताक्षर भएसँगै नेपाल र इजरायलबीचको द्विपक्षीय सम्बन्धमा नयाँ आयाम थपिएको बताए।

श्रममन्त्री चौधरीले दुई देशबीच कूटनीतिक सम्बन्धका साथै श्रम सम्बन्ध सौहार्द हुने विश्वास व्यक्त गर्दै उनले केयर गिभर क्षेत्रमात्र नभई अन्य क्षेत्रमा पनि नेपाली युवालाई रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका छन्।

विभागका महानिर्देशक दाहालले दुई देशको सरकारी तहबाट नै श्रमिक आदानप्रदान गर्ने गरी गरिएको सम्झौता कार्यान्वयनका लागि विभागले अनलाइनमार्फत आवेदन दिने प्रक्रियालाई पारदर्शीरूपमा अवलम्बन गरिने बताएका छन्।

सम्झौता कार्यान्वयनका लागि विभागले आवश्यक अन्य तयारीहरु पनि शुरु गर्ने जानकारी दिँदै उनले सहजीकरणका लागि विभागमा डेडिकेटेड टोली खटाइने बताए ।

इजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले आफू राजदूतका रूपमा इजरायल पुगेदेखि नै त्यहाँको श्रम बजार नेपालीका लागि खुला गर्न लागिपरेको र आज सफलता मिलेको बताएका छन् ।

विदेशी श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यका रुपमा रहेको उल्लेख गर्र्दै इजरायलमा सम्मानका साथ नेपालीले काम गर्न पाउने बताउँदै राजदत शाक्यले पटकपटकको छलफलपछि इजरायलमा नेपालीलाई केयर गिभरका रूपमा रोजगारीमा लैजान सक्ने वातावरण बनेको जानकारी दिए।

नेपालका लागि इजरायली राजदूत गोडेरले नेपाली युवायुवतीले इजरायली नागरिकसरह सेवासुविधा तथा पारिश्रमिक पाउने बताएको थियो।

लामो समयदेखि रोकिएको नेपाली श्रमिक इजरायल जाने प्रक्रियाले निरन्तरता पाउने लागेको र कोभिड–१९ को महामारीका बीचमा पनि दुवै देशका सरकारी अधिकारीले लगागतरको प्रयासबाट मात्रै प्रोटोकलमा हस्ताक्षर गर्ने अवस्थामा पुगिएको बताए।

 


प्रकाशित मिति: बिहिवार, माघ ८, २०७७, १०:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने
चीन र भारतलाई जोड्ने तमोर कोरिडोर
DEVELOPMENT & RECONSTRUCTION
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त
64x64
बिहिवार, माघ ८, २०७७ News Missile
सशस्त्र द्धन्दका कारण प्रहरीको नैतिक आत्मबल निकै गिराइदिएको र त्यो अहिलेसम्म पनि पूर्ण रुपमा उठन नसकेकाले त्यसलाई कसरी ... पुरा पढ्नुहोस्
DEVELOPMENT & RECONSTRUCTION
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट
64x64
मगलवार, माघ ६, २०७७ News Missile
सीमाक्षेत्रमा हुने कुनै पनि किसिमको आपराधिक गतिविधिको रोकथाम तथा नागरिकलाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने ... पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP