काठमाडौ । स्थानीय बजारमा सुनको मूल्यमा प्रतितोला १ हजार ८०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ५०० मा कारोबार भएको छ । सोमबार प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज १ हजार ८०० ले ओरालो लागेको हो ।
तेजाबी सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य समेत ओरालो लागेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २१० मा कारोबार भएको थियो भने आज प्रतितोला रु ३० ले ओरालो लागेर रु एक हजार १८० मा कारोबार भएको छ ।