काठमाडौ । महालक्ष्मी विकास बैंक कुमारीपाटी शाखावाट प्रबाह भएको सुन कर्जा सम्बन्धमा हाल बिभिन्न मिडियाहरुमा प्रकाशित समाचारहरु सम्प्रेषण भएकोप्रति बैंकको गम्भिर ध्यानाकर्षण भएको छ ।
बैंकको कुमारीपाटी, ललितपुर शाखाको सुनजाँचकी पदमा कार्यरत कर्मचारीको बैंकको सेवा समाप्त हुने भई बैंकले अर्को सुनजाँचकी खटाई निजहरुकाबिचमा बरबुझारथको कार्य हुँदा बिभिन्न सुन कर्जामा कैफियत देखिन गएको र त्यस्ता कैफियत देखिएका कर्जाका सम्वन्धमा तत्कालिन सुनजांचकीले सम्पूर्ण जिम्मेबारी लिंदै बैंक समक्ष निवेदन दिएकोले त्यस बारेमा बैंकले आन्तरिक छानविन समिति गठन गरी छानबिन गरेको हो ।
छानविन गर्दा तत्कालीन सुनजांचकी र सुन धितो राखी कर्जा लिने ऋणी समेतको मिलेमतोबाट कैफियत हुन गएको तथ्य छानविन प्रतिवेदनबाट देखिएकोले यस बैंकले तत्कालिन सुन जाँचकी र ऋणीहरुका विरुद्धमा अनुसन्धान तथा तहकीकात गरी बैंकको हानी नोक्सानी गराएको विगो असुलउपर गरी पाउन प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दरखास्त दिएको छ।
बैंकले उक्त ब्यूरोबाट सत्यतथ्यको बारेमा छानविन भइरहेको ब्यहोरा विज्ञप्तीमार्फत जानकारी गराएको छ।
छानवीन प्रकरण अनुसन्धानको क्रममा नै रहेको हुँदा अनुसन्धानलाई प्रभाव पर्न सक्ने गरी बिभिन्न अनलाईन तथा पत्रपत्रिकाहरुमा यस बैंकमा कार्यरत कर्मचारीहरु तथा पूर्ब कर्मचारीहरु समेतका सम्वन्धमा गलत समाचारहरु संम्प्रेषण भइरहेकोमा यसप्रकारको गलत समाचारहरु सम्प्रेषण भएकोप्रति दुःख ब्यक्त गर्दै निष्पक्ष अनुसन्धान तथा छानविनको कार्यलाई प्रभाव पर्न सक्ने किसिमका कुनैपनि तथ्य विपरितका भ्रामक समाचार प्रकाशन र प्रसारण नगरी दिन अनुरोध गरेका छन्।
बैंकको निक्षेकर्ता तथा शेयरधनी महानुभाबहरुको हकहितलाई ध्यानमा राखी बैंकिङ्ग कसुर तथा सजाय सम्बन्धी ऐन २०६४ बमोजिम बैंकले उक्त घटनाको बारेमा केन्द्रीय अनुसन्धान ब्यूरोमा जाहेरी दिई छानबिन गर्न अनुरोध गरेका छन्।
सोही बमोजिम नै ब्यूरोबाट छानबिन प्रकृया शुरु गरेको अवस्थामा सर्वसाधारण जनमानसमा नकारात्मक प्रभाव पर्ने गरी भ्रामक समाचारहरु संपे्रषण नगरि दिन सम्बन्धित सबैलाई महालक्ष्मी विकास बैक प्रेसविज्ञप्तीमार्फत हार्दिक अपिल समेत गरेका छन्।