Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ ०९:०३:२१    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
BANK & FINANCE
  • Home
  • News
  • थुलुङदुधकोशी र लक्ष्मी बैंकबिच सहुलियतपूर्ण कर्जा समझ्दारी-पत्रमा हस्ताक्षर
थुलुङदुधकोशी र लक्ष्मी बैंकबिच सहुलियतपूर्ण कर्जा समझ्दारी-पत्रमा हस्ताक्षर
64x64
मगलवार, पुष २१, २०७७ News Missile

भोजराज कार्की, सोलुखुम्बु ।

सहुलियतपूर्ण कर्जाको माध्यमबाट आत्मनिर्भर पालिका निर्माण गर्ने उदेश्य सहित थुलुङदुधकोशी गाउँपालिका र लक्ष्मी बैंक लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ।

उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउन सहुलियतपूर्ण कर्जा सम्बन्धि समझदारी पत्रमा दुई पक्षबीच हस्ताक्षर भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएको हो।

नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत) को अधिनमा रहि कर्जा कार्यन्वयनमा सहयोग पुर्याउने, क्षमता विकास गरि पालिकाभित्रका नागरिकलाई सक्षम बनाउने, उद्यमशिलताका माध्यमबाट उत्पादनमा जोड दिने र रोजगारी सिर्जना गर्ने, आत्मनिर्भर अर्थतन्त्रमा सहयोग पुर्याउने सम्झौता पत्रको मुख्य उदेश्य रहेको छ।

यस्तै बैदेशिक रोजगारीबाट शीप, अनुभव र धेरथोर पूँजि समेत आर्जन गरि स्वदेश फर्किएका युवाहरुलाई पुनः विदेशिनु पर्ने बाध्यताबाट रोकि उद्यमशिलतासंग जोडेर विदेशमा आर्जन गरेको शीप, अनुभव र पूँजिको स्वादेशमा नै सदुपयोग गर्दै स्वरोजगार बन्न सहयोग पुर्याउने तथा वित्तिय पहुँच एवम् वित्तिय समावेशीतामा अभिवृद्धि गर्ने लगायत ७ वटा उदेश्य रहेको छ।

गाउँपालिका अध्यक्ष अशिम राई र बैंकको तर्फबाट रिटेल फिनान्सियल सर्भिस प्रमुख दिपेश आमात्यले समझदारी पत्रमा हस्ताक्षर गरेको हो। उक्त समझदारी पत्रमा उल्लेख भएअनुसार कार्यक्रम अगाडी बढाउनको लागि दुईपक्षबिचको भूमिका समेत उल्लेख गरिएको छ।

जसमा गाउँपालिकाको तर्फबाट सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संशाेधन समेत) लाई कार्यान्वयनका लागि इच्छुक समूह, उद्यमी, फर्म तथा सहकारीलाई उद्यमशिलता सम्बन्धि आवश्यक शीप प्रदान गर्ने र उनीहरुलाई कर्जाका लागि सिफारिस गर्नुपर्ने छ ।

यस्तैगरी बैंकले लगानी गरेको समूहको उत्पादन वृद्धिका लागि गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माणमा सहयोग गर्नुपर्ने, पालिकाको सिफारिसमा बिना धितो लगानी गरिएका कर्जाको असुलीमा समस्या भएमा पालिकाले सहयोग गर्ने र कर्जा जोखिम न्यूनीकरणका लागि पालिकाले विपद्कोष स्थापना गर्ने सहित ९ वटा भूमिका थुलुङदुधकोशी गाउँपालिकाको रहेको छ।

बैंककोतर्फबाट पालिकाले सिफारिस गरेका फर्म, उद्यमी, समूह तथा सहकारीलाई पहिलो प्राथमिकताकासाथ आफ्नो शाखामार्फत सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (संसोधन समेत) को आधारमा कर्जाको सिमा निर्धारण गर्ने लगायतको भूमिका रहेको छ।

यसरी सहुलियतपूर्ण कर्जा प्रवाहका लागि बैंकसंग सम्झ्यौता गर्ने थुलुङदुधकोशी गाउँपालिका प्रदेश नं. १ मा पहिलो रहेको गाउँपालिका अध्यक्ष अशिम राईले दावी गरेका छन् । देशको ७ सय ५३ वटा स्थानीयतहमध्ये पहिलो सम्बृद्ध गाउँपालिका निर्माणको महाअभियानमा रहेको भन्दै अध्यक्ष राईले जनजीविकाको सवालमा आफूहरु जिम्मेवार ढंगले काम गरिरहेको बताएका छन्।

चर्चाको शिखरमा थुलुङदुधकोशी

जिल्लाका विभिन्न क्षेत्रका नागरिकले उच्चारण गर्ने नाम हो थुलुङदुधकोशी । कारण त्यस गाउँपालिकामा भएका विकास निर्माण नै हो। जिल्लामै पहिलो पटक गाउँपालिकाको केन्द्र, नामाकरण, लक्ष्मी बैंकको शाखा सञ्चालन तथा प्रशासनिक भवन निर्माण गरी सञ्चालन गरेको गाउँपालिकाले स्थानीयको सहभागीतामा ५० शैयाको दूधकोशी सामुदायिक अस्पताल भवन निर्माण सहित अन्य थुप्रै काम गरिरहेको छ।

गुणस्तरीय सेवा सहितको अस्पताल सञ्चालनका लागि धुलिखेल अस्पतालसंगको छलफल अन्तिम चरणमा पुगेको गाउँपालिकाका सल्लाहकार एवम् अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष बलराम गुरुङले बताए।

यता स्थानीय सर्वसाधारण नागरिकले समेत गाउँपालिकाको कार्यप्रति खुलेर प्रशंसा गर्छन्। गाउँपालिका २ का स्थानीय टीकाबहादुर थापाले सोचेको भन्दा बढी बिकास भएको भन्दै आफूहरु स्थानिय सरकारप्रति सन्तुष्ट रहेको बताए।

यस्तै सहुलियतपूर्ण कर्जा सम्बन्धि गाउँपालिका र बैंकबिच भएको सम्झ्यौता पछि झनै स्थानिय हर्षित बनेका छन्। बैंकको पहुँचभन्दा बाहिर रहेका र विभिन्न वित्तिय संस्था मार्फत महङ्गो ब्याज तीर्न बाध्य भएका पालिकाबासी सरल कर्जा प्राप्त गर्ने भएपछि हर्षित बनेका हुन्।  गाउँपालिका ८ का मेखराज तामाङले समेत बाख्रापाल व्यवसाय सञ्चालन गरिरहेको भएपनि सहयोग प्राप्त नहुँदा व्यवसाय बृद्धि गर्न नसकेको बताए ।

तामाङले भने, “गाउँपालिकाको योजना सर्वसाधमरण नागरिकको हितमा छ, सबैले सदुपयोग गर्न सकेको खण्डमा सम्बृद्धि टाढा छैन।” गाउँघरका साहू महाजनबाट ऋण लिनु पर्ने भएमा २४ देखि ३६ प्रतिशतसम्म ब्याज तिर्नुपर्छ भने लघुवित्त वित्तिय संस्थामार्फत १८ देखि २४ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने बाध्यता रहेको थुलुङदुधकोशी-७ का शिबबहादुर राईले बताए।

 


प्रकाशित मिति: मगलवार, पुष २१, २०७७, ०८:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
दोहोरो अंकले नेप्सेमा नयाँ उचाइ
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण शेयरमा १८ अर्बको आवेदन
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
BANK & FINANCE
इतिहासकै उच्चबिन्दुमा शेयर बजार
64x64
मगलवार, पुष २८, २०७७ News Missile
पुरा पढ्नुहोस्
BANK & FINANCE
शनिबारका दिन राजस्व काउण्टर खुला गर्न राष्ट्र बैंककाे निर्देशन अबदेखि अन्तर बैंक एटीएममा बैंक शुल्क लाग्ने
64x64
बिहिवार, पुष २३, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP