Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०७:२२:२०    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
TRAVEL & TOURISM
  • Home
  • News
  • विश्वशान्ति स्तूपा खुला, पर्यटक बढ्ने विश्वास
विश्वशान्ति स्तूपा खुला, पर्यटक बढ्ने विश्वास
64x64
सोमवार, पुष १३, २०७७ News Missile

कास्की । कोरोनाभाइरस (कोभिड-१९) का कारण झण्डै १० महिनादेखि बन्द रहेको पोखराको धार्मिक एवं प्रसिद्ध पर्यटकीय गन्तव्य विश्व शान्ति स्तूपा आइतबारदेखि खुला गरिएको छ भने स्तूपाको शनिबार विधिवत् रुपमा विशेष पूजा अर्चना गरेर खुला गरिएको हो।

स्तुपा समितिका अध्यक्ष उत्तममान बुद्धाचार्यले भने, “कोभिड-१९ को कारण स्तूपा बन्द रहेको थियो, अहिले पर्यटन चलायमान हुन थालेपछि र पर्यटन सङ्घसंस्थाले पनि खोल्नुपर्छ भनेपछि स्वास्थ्य सकर्ततासहित विधिवत पूजा गरेर खुला गरेका हौँ”, उनले जापानको निप्पोजान मेहोजिल जापानी परम्पराअनुसार जापानी भिक्षुहरुबाट, ठेरवादी परम्पराअनुसार धर्मशिला बुद्ध विहारका भिक्षुबाट पूजा र महायानी परम्परानुसार बौद्धअर्घौं सदनका लामाहरुबाट पूजा सम्पन्न गरिएको जानकारी दिए।

स्तुपा समितिका अध्यक्ष बुद्धाचार्यका अनुसार स्तुपा दर्शनार्थीको सुस्वास्थ निरोगिता र मंगलको कामना गरेर पूजा गरिएको हो। स्तूपा बिहान ८ बजेदेखि बेलुका ४ बजेसम्म मात्र खुला रहने छ भने स्तूपामा आउने पर्यटकले अनिवार्य रुपमा मास्क र स्यानीटाइजरको प्रयोग गर्नुपर्नेछ।

पोखरा महानगरपालिका-२२ स्थित अनदुडाँडामा रहेको सो स्तूपा पोखरादेखि करीब ५ किलोमिटर दूरीमा रहेको छ भने करिब २१ रोपनी क्षेत्रफलमा फैलिएको छ। 

बुद्धाचार्यका अनुसार बौद्ध धर्मावलम्वीहरुको पवित्र धार्मिकस्थलको रुपमा मानिने स्तुपा २०३० सालमा ३५ फिटसम्म निर्माण गरिए पनि पञ्चायतकालमा भत्काएर पुनः प्रजातन्त्रको पुनवर्हाली भएपछि निर्माण अनुमति पाएको थियो।

पञ्चायत सरकारले भिक्षु र जग्गादातालाई जेल हालेको थियो । सो जग्गा तत्कालीन रक्षामन्त्री मीनबहादुर गुरुङ र कृष्णबहादुर गुरुङले जग्गा उपलब्ध गराएको थियो भने पुनः २०४९ सालमा जापानको निप्पोजान मेहोजिल भन्ने जापानी संस्था र पोखरामा रहेको धर्मशिला बुद्धविहारकोे सक्रियतामा निर्माण कार्य थालेर २०५६ सालमा सम्पन्न गरिएको थियो।

बुद्ध जन्मेको देशमा बुद्धको मन्दिर नै भत्काइयो भनेर भिक्षुहरुले सो घटनालाई धार्मिक मारको सङ्ज्ञा दिएका आलोचना गरेका थिए।तत्पश्चात् विश्वका ठूला-ठूला भिक्षुले बुद्धको आठ अस्थी धातु ल्याएर सो स्थानमा विधिवत् निधान गरी धार्मिक विजयको कामना गरेका थिए। एक सय १५ फिट अग्लो स्तूपाको ३४४ फिट गोलाई भने स्तूपाको गजुरमा चाँदीको गजुरमा सुनको जलप लगाइएको छ।

स्तूपामा दर्शनार्थीले एवं पर्यटकलाई निःशुल्क प्रवेश दिइन्छ। स्तूपा मर्मतसम्भार एवं नियमित आमदानी नभएकाले स्थानीय सरकारले पर्यटकीय एवं धार्मिक गन्तव्यका लागि संरक्षण, सम्वद्र्धनका लागि बजेट छुट्टाउनु पर्ने बुद्धाचार्यको माग छ।

स्तूपामा परिसरमा १० वर्षदेखि व्यवसाय सञ्चालन गर्दै आएका स्थानीय राजु क्षेत्रीले स्तूपा बन्द रहेको समयमा आन्तरिक पर्यटक आउने गरेको बताए।

“यो बुद्ध धर्मावलम्बी र अन्य पर्यटकको लागि निकै आर्कषक स्थल हो, बन्दाबन्दीको समयमा केही आन्तरिक पर्यटक आउँथे, बन्द भएका कारण बाहिरबाट नै आसपासको दृश्यावलोकन गरेर फर्कने गरेका थिए, अब स्तूपा खुला भएको पर्यटकले स्तूपामै आएर दर्शन गर्न र सुन्दर दृश्यावलोकन गर्न सक्नेछन्।” उनले अहिले पर्यटकको आगमन सुस्ताएको समयमा स्थानीय सरकारले पर्यटकीय गन्तव्यका बाटोघाटो र अन्य पूर्वाधार विकासमा जोड दिन सके पर्यटक आउन समयका लागि सहज हुने र सकारात्मक सन्देश जाने बताए।

स्तूपाबाट फेवाताल, पोखरा बजार र आसपासका मनमोहक दृश्यको दृश्यावलोकन गर्न सकिन्छ। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई पोखराका धार्मिक एवं पर्यटकीय गन्तव्य खुल्दै गएको बताए। “अब पोखराका प्रायः धार्मिक एवं पर्यटकीय गन्तब्य विस्तारै खुल्दै गएका छन् । अब मुक्तिनाथ मन्दिर पनि खुला भयो भने यस क्षेत्रमा पर्यटन चलायमान हुनेछ।”

कोभिड-१९ सँगसँगै स्वास्थ्य सतर्कता अपनाएर पर्यटकीय गतिविधिमा जोड दिनुपर्ने उनको भनाइ छ। उनले पोखरा आसापासका पर्यटकीय गन्तव्य र विभिन्न धार्मिक मठमन्दिर खुला गर्नका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय र पहल गरिरहेको जानकारी दिए।


प्रकाशित मिति: सोमवार, पुष १३, २०७७, ०९:१२:००
प्रतिक्रिया दिनुहोस्
MORE
बन्दाबन्दीले बसाल्यो आन्तरिक पर्यटनको जग
सन् २०२१ लाई आन्तरिक पर्यटन वर्षका रूपमा मनाइने : मन्त्री भट्टराई
नेपाल-भारत उडान करिब ९ महिनापछि पुनःसञ्चालन
सगरमाथाको उचाइ बढेसँगै देशको स्वाभिमान उँचो
TRAVEL & TOURISM
पर्यटकीय सम्भावनालाई दुई शहरको योजनाबद्ध विकास गर्न आवश्यक
64x64
मगलवार, मंसिर १६, २०७७ News Missile
पुरा पढ्नुहोस्
TRAVEL & TOURISM
नारायणहिटी सङ्ग्रहालय अन्तर्गतको श्रीसदन सर्वसाधारणका लागि खुला
64x64
शनिवार, मंसिर ६, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP