काठमाडौ । डिशहोम सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिवुड चलचित्र “टारगेट नं. वान” रिलिज भएकाे छ।
नेपालमै पहिलो पटक हलिउड तथा बलिउडको चलचित्र पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिसहोमले शुरुवात गरेको हो।
देशविदेशका सारा दर्शकहरुले यो चलचित्र पौष २१ गतेदेखि दैनिक ६ शो, विहान ७ बजे, १० बजे दिउँसो १ बजे र ४ बजे बेलुकी ७ बजे र १० बजे हेर्न सक्नेछन्।
सिनेमाघर इन्टरनेशनल च्यानलमा नंं ९९९ ले भाषा छनौट गरेर पनि चलचित्र हेर्न सकिन्छ। हलिउड चलचित्र “टारगेट नं. वान” हिन्दी वा अंग्रेजी कुन भाषामा हेर्ने हो त्यो पनि छानेर हेर्न सकिने व्यवस्था रहेको छ।
दैनिक ६ शो सञ्चालन हुने सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा हलिउड चलचित्र “टारगेट नं. वान” हेर्न आई.भि.आर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशन अनुसार खुलाउँन र हेर्न सकिनेछ।
त्यस्तैगरी डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६६० ०१ २२००० मा फोन गरेर अथवा MOD999 आफ्नो CAS ID अनि हेर्न चाहेको चलचित्रको सो समय टाईप गरि साधारण एस एम एस पठाएर र नजिकैको डिशहोम विक्रेताकोमा सम्पर्क गरेर समेत न्युनतम् शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।