काठमाडौ । नेपालमै पहिलो पटक डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा नेपाली भाषामा कोरियण सिरिज प्रशारण हुने भएकाे छ।
भोलि पौष २७ गते सोेमवारदेखि हरेक सोमबार वेलुकी ८ः३० वजे Bride of the Century नामक कोरियन सिरिज प्रशारण हुने भएको हो।
रियालिटी टिभी डिशहोमको बेसिक प्लस प्याकेजदेखि उपलव्ध गराईएको छ भने नेपालमै पहिलो पटक पे पर भ्यू मार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले शुरुवात गरेको हाे।
डिशहोम नेपालको पे टिभि इन्डस्ट्रीजमा सवैभन्दा ठूलो वजार हिस्सा ओगटेको नेपालको अग्रणी पब्लिक कम्पनी मध्येकै एक हाे।
दिर्घकालिन व्यवसाय, ग्राहकहरुलाई गुणस्तरीय सेवा र हरेक नेपालीलाई सूचना तथा मनोरञ्जन प्रदान गर्ने लक्ष्य लिएको डिशहोमले आगामी दिनहरुमा वजारमुखी सेवाहरु अझ सशक्त रुपमा थप गर्दै लैजानेमा प्रतिबद्धता जनाएकाे छ ।