काठमाडौ । डिशहोमले शुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता Retro English को फाईनल प्रतियोगिता हुन लागिरहेको छ।
दुई भागमा यस शोको प्रशारण रियालिटि टिभी मा १३ र १७ गते प्रशारण हुँदैछ। १३ गते शनिवार प्रतियोगिताको प्रशारण राति ८ः३० वजे र फाईनल प्रतियोगिता १७ गते बुधवार राति ८ः३० बजे प्रशारण हुने लागेको हो ।
प्रतिस्पर्धीहरु क्रमश शिभाना श्रेष्ठ, तुसिता मास्के, स्वर्णिम श्रेष्ठ, रिया श्रेष्ठ र योगेन राई विचको प्रतिस्पर्धाको प्रशारण रियालिटि टिभीमा हुन लागि रहेको हो।
फाईनल प्रतियोगिता पुगेका प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अवझन उत्साहजनक र रोचक हुनेछ। प्रतियोगीहरु मध्येवाट विजेताको छौनट निर्णायकको निर्णय र प्रतियोगिले प्राप्त गरेको ख्यतष्लन को आधारमा गरिनेछ।
निर्णायकहरुमा युलिया कोईराला, पेम्बा लोप्चा र निर्भाणा चौधरी रहेको छ । प्रतियोगिलाई ख्यतभ गर्ने तरिकाको वारेमा थपजानकारीका लागि DishHome को आधिकारीक Facebook Page मा गएर हेर्न सकिन्छ।
डिशहोमले शुरु गरेको डिजिटल Retro English सांगीतिक प्रतियोगिता The Strings मा ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गर्नु भएको थियो।
विभिन्न समयमा डिशहोमले संचालन गर्ने यस्ता प्रतियोगीतामार्फत ग्राहकहरुले मनोरञ्जनका साथै आफ्नो प्रतिभालाई प्रस्तुत गर्ने माध्यम पनि पाउने गरेका छन्। ७० देखि ९० दशकसम्मको सफ्ट अंग्रेजी गीत मन पराउने सम्पूर्णले यस सांगीतिक प्रतियोगीतामार्फत भरपुर मनोरञ्जन लिन सक्ने डिशहोमले अपेक्षा राखेको छ।