काठमाडौँ । रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता THE STRINGS को विजेयता घोषणासँगै THE STRINGS पहिलो सिजन सम्पन्न भएको छ।
कार्यक्रमको ग्राण्ड फिनाले प्रतियोगीहरुको प्रदर्शन सहित मनोरञ्जनात्मक खुराककासाथमा प्रस्तुत गरिएको थियो जसका निर्णायक मण्डलमा निर्वाण चौधरी, युलिया कोइराला, पेम्बा लेप्चा र सोंना अमात्य रहेका थिए ।
त्यस्तैगरी विवेक सिंह ठकुरी कार्यक्रमका एकल होस्ट थिए भने विजेयता छनोटको आधार दर्शकहरुको वोट्स रहेको थियो र दर्शकहरु कसलाई विजयी बनाउने भन्ने बारे निस्चयी थिए ।
THE STRINGS विजयीको ऐतिहासिक कार्यक्रममा THE STRINGS को पहिलो सिजनको विजयी शिवना श्रेष्ठ विजयी बन्दै ट्रफि र नाम दुबै हासिल गर्न सफल भएकी छन् भने दोस्रो स्थानमा तुशिता मास्के र तेस्रो स्थान स्वर्णिम श्रेष्ठ विजयी बनेका छन्।
THE STRINGS पहिलो सिजनको ऐतिहासिक विजयी प्रथम विजेताले नगद १ लाख, २ रात र ३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे प्राप्त गरेका छन् भने दोस्रो विजेताले नगद ५० हजार र २ रात र ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रात र ३ दिनको स्टे प्राप्त गरेका छन्। यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरु समेत प्राप्त विजयी प्रतियोगीहरुले प्राप्त गरेका छन्।
ग्राण्ड फिनालेको प्रशारण बुधबार साँझ ८.३० मा डीसहोमको Reality TV मा प्रशारण गरिएको पुराना रेट्रो गीतहरुको प्रस्तुति वास्तवमै जादुमय थियो भने कार्यक्रममा पेम्बा लेप्चा र भुषण श्रेष्ठको विशेष प्रश्तुतिले दर्शकहरुलाई पुराना यादहरुसंग जोडेको थियो।