काठमाडौं । नेपाली चलचित्र क्षेत्रको इतिहासमा छुट्टै पहिचान बोकेकी होनहार नायिका शुभेच्छा थापा सर्वोत्कृष्ट सम्मानबाट सम्मानित भएकी छन्।
वुमन्स एरा एण्ड मिडिया ग्रुपद्वारा काठमाडौमा आयोजित कार्यक्रममा हिमालयन इन्टरनेशनल अवार्ड २०२१ बाट मखमली नायिका शुभेच्छा थापा सर्वोत्कृष्ट सम्मानबाट सम्मानित भएकी हुन् ।
देशी-विदेशी कैयौ अवार्ड प्राप्त गरिसकेकी अब्बल नायिका थापाले दर्जनाै नेपाली फिचर फिल्म, टेलिफिल्म र अन्य विभिन्न भाषाभाषीका फिल्महरुमा आफ्ना अद्भूत कलाकारिता प्रस्तुत गरेर दर्शकश्रोताको मनमुटुमा बस्न सफल नायिका हुन्।
आधा दर्जनभन्दा बढी चलचित्रको सह-निर्देशनमा कार्य गरिसकेकी असाधारण प्रतिभाकी ज्वलन्त उदाहरण नायिका थापाको असली पहिचान भन्नु नै निडर, जुझारुपन र निखारिएकाे कलाकारितापन हाे।
हिमालयन इन्टरनेशनल अवार्ड २०२१ बाट सम्मानित बहुप्रतिभाशाली नायिका शुभेच्छा थापा नायिका, निर्माता हुंदै ‘लक्ष्मी रानी’ चलचित्रबाट पहिलो पटक निर्देशन डेब्यू गरिसकेकी छिन् ।