काठमाडौं । अथाह मायाका खानी गीतकार रविन पियाको “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियो अमेरिकाबाटै रिलिज भएको छ ।
छायांकन तथा निर्माणका सबै काम सात समुद्रपारि अमेरिकामा नै गरिएको नयाँ नेपाली अति मार्मिक “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोलाई अमेरिकावाटै रिलिज भएको हो ।
राष्ट्रकै निम्ति कहलिएको युगिन गायक दीप श्रेष्ठको मर्मस्पर्षि आवाज रहेको “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोमा गीतकार रविन पियाकै शब्द रचना तथा छायांकनमा निर्माण गरिएको हो ।
अमेरिकाको अष्टिन टेक्सासमा छायाँङ्कन गरिएको “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोमा सुबेचन श्रेष्ठ र सेलिका सुनारको बुलन्दी फिचरिङ्ग रहेको छ भने बीबी फुयाँलले निर्देशन गरेका छन्।
त्यस्तैगरी “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोलाई अक्की शर्माले सम्पादन गरेका छन् भने संगीतमा सुरेन्द्र मुखिया र एरेञ्जरमा सम्राट थापाको रहेको छ।
रिलिज गीतभिडियोमा स्वयम् गीतकार पियाकाे जीवनले विदेशी भूमिमा भोगेका बास्तविक भोगाइमा आधारित कठिनाइहरुलाई सङ्गालेर शब्दमालामा तयार गरेका हुन्।
इनेश आर पियाको ग्राफिक्समा तयार भएको “मायामा धेरै धेरै बाँचिसकेँ ...” गीतभिडियोमा स्वयम् गीतकार पियाको वडो सुन्दर अभिनय रहेको छ।