एजेन्सी । कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न अहिले विश्व नै लकडाउनमा छ। भारतमा पनि लकडाउन जारी छ।
यही लकडाउनको वेला बलिउड फिल्म अभिनेत्री दिशा पाटनीकाे एउटा फोटो भाइरल बनेको छ। उनले आफ्नो एउटा पुरानो सेक्सी फोटो सामाजिक सञ्जालमा शेयर गरेपछि अहिले चर्चाको शिखर चुलिएको छ ।
उक्त फोटो सुट उनले एउटा बिकिनी ब्राण्डका लागि उनले गरेकी थिइन् । फोटोमा उनी निकै बोल्ड रुपमा देखिएकी छिन्। त्यही फोटोका कारण उनी अहिले ट्रोलको शिकार बनेकी छिन् ।
एक जना समाजिक सञ्जाल प्रयोगकर्ताले अक्षय कुमारको एउटा मीममा शेयर गरेपछि फोटोकाे ट्रोल झनै बढेको थियो। यसमा लेखिएको थियो, ‘केही त लाज राख्नुहोस् हजुर, केही त लाज राख्नुहोस् ।’
यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘भगवानसँग नभएपछि कोरोनासँग त डराउ ।’ यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘सबै आजै हाल्छौ कि क्या हो, थाकिसकेँ म ।’
त्यही फोटो कारण अहिले उनी आलोचनाको शिकार पनि बनेकी छिन् ।


