Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०३:४३:५२    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
PROVINCIAL
  • Home
  • News
  • नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
64x64
आइतवार, माघ ४, २०७७ News Missile

कञ्चनपुर । नेपाल भारत सीमा अन्तर्गत कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामसेट्टीस्थित महाकाली नदीको बगरमा मुख्य सीमास्तम्भ नंं ८१३ बाढीले ढलेको आधा दशक भयो।

नेपाल-भारत मुख्य सीमास्तम्भ नं ८१३ विगत ६ वर्षदेखि महाकालीको बगरमा अलपत्र अवस्थामा रहँदा त्यसको पुनःनिर्माणमा सरोकारवाला निकायको ध्यान नपुगेको स्थानीयवासीको गुनासो छ ।

हरेक साता सुरक्षाकर्मीले निगरानीमा राख्ने गरेको भए पनि त्यसको पुनःनिर्माणमा राज्यले ध्यान नदिँदा सीमा विवाद कायम रहेको स्थानीयवासी हंसबहादुर पालले बताए।

स्थानीयवासी पालका अनुसार बाढीले बगाएको सीमास्तम्भ करिब सय मिटर वर नेपालतर्फ पुगेको छ। “सीमास्तम्भ बालुवाले पुरिने अवस्थामा आइपुग्दा पनि वास्ता भएन”, उनले भने, “सीमा पिल्लर ढलेका कारण भारतीय पक्षले किचलो गरिरहन्छन्।” उनले स्थानीय प्रशासनको पहलमा भारतीयसँग समन्वय गरेर सीमा जस्तो संवेदनशील विषयको संरक्षण समयमै गर्नुपर्ने बताए।

“महाकाली नदी किनारसम्म नेपालीको बसोबास हुँदा हामीलाई सीमा ढलेको चिन्ता छ”, स्थानीयवासी पदमसिंह कार्कीले भने, “छिमेकी मुलुकको हेपाहा प्रवृतिले त्रसित र सचेत पनि छौँ ।” ब्रह्मदेवको माथिल्लो भागदेखि महाकाली किनारहुँदै भीमदत्त-११ भुजेलासम्म ५ मुख्य सीमास्तम्भ नै छैनन् ।

त्यसैगरी ब्रह्मदेव बजारको पश्चिम क्षेत्रमा महाकालीमा मुख्य सीमा स्तम्भ नं ८११ लामो समयदेखि हराइरहेको छ। स्थानीयवासी र सशस्त्र प्रहरी बलको भनाइअनुसार उक्त सीमास्तम्भ महाकाली नदीको तटबन्ध भन्दा पर (टनकपुर क्षेत्र) मा पर्छ । भारतीय पक्षले भने महाकाली नदीको तटबन्ध भन्दा करिब ६० मिटर वर (नेपालतर्फ) दाबी गर्दा यहाँ धेरै पटक विवाद भएको छ।

सोही क्षेत्रमा भारतीय पक्षले सडक कालोपत्र गर्ने क्रममा विवाद भएको थियो । सशस्त्र प्रहरीका अनुसार यहाँको मुख्य सीमास्तम्भ ८१० (२) काठको बनाइएको छ भने भुजेलामा केही वर्षअघि मुख्य सीमास्तम्भ ८०५ महाकाली नदीमा आएको बाढीले बगाएको थियो।

त्यसैगरी कञ्चनपुरको दक्षिण क्षेत्र पुर्नवास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रका केही स्थानमा सीमा विवाद भई रहन्छ। यस्तै बेलौरी-१० सडकघाटमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० ले नेपालीलाई हिँडडुल गर्न रोक लगाएको थियो।

शनिबार दुई पक्षबीचको सहमतिमा हिँडडुल गर्न दिए पनि विवाद भने बेलाबेलामा आइरहने गरेको छ। सीमा स्तम्भ नं ३५ आसपासको क्षेत्रमा एसएसबीले आवागमन गर्न नदिएपछि नेपाली र भारतीय दुवै तर्फका किसानले लगाएको उखु, तोरीसहितका अन्नबाली खेतमै सुक्न थालेपछि विवाद बढेको थियो।

दुवै देशका नागरिकले विगत ४ दशकदेखि प्रयोग गर्दै आएको सडकमा एकाएक भारतीय एसएसबीले अवरोध गरेपछि किसानले लगाएको उखु, तोरीलगायतका अन्नबाली खेतमै सुक्ने अवस्था आएको वडाध्यक्ष हरिलाल चौधरीले बताए।

स्ट्रिप नक्शामा भने नेपाली भूमि झण्डै १५० मिटर दक्षिण भारततिर पर्ने बताइएको छ । स्थानीय तहका जनप्रतिनिधि र भारतीय सुरक्षाकर्मीबीच समन्वय हुँदा अन्नबाली भित्र्याउन दिइएको वडाध्यक्ष चौधरीले जानकारी दिए । “एसएसबीले नेपालीको खेती १० दिनसम्म भित्र्याउन दिएन”, उनले भने, “पछि भारतीयलाई बोलाएर छलफल गरी तत्कालको समाधान खोज्यौं।”

त्यसैगरी बेलौरी-८ मा निर्माणाधीन हुलाकी सडकखण्डको १ हजार २०० मिटर सडक भारतीय पक्षले सीमामा पर्ने भन्दै निर्माणमा अवरोध गर्दै आएको छ। उक्त क्षेत्रमा पर्ने सीमा स्तम्भ नं ३८ मा विगत २ वर्षदेखि भारतीय अवरोधका कारण कालोपत्र रोकिएको वडाध्यक्ष नन्दकुमार रानाले बताए।

“निर्माण कम्पनीले सडक कालोपत्र गर्न आवश्यक सामग्री छाडेर गएको छ”, वडाध्यक्ष रानाले भने, “भारतले निर्माण गर्न खोज्दा पटकपटक अवरोध गरेको छ ।” उनले उक्त क्षेत्रमा पर्ने सीमास्तम्भ ३८ देखि ४२ नंसम्म भारतीय पक्षले लामो समयदेखि सीमा विवाद गर्दै आएको बताए। “सीमा पिल्लरबाट करिब १५ मिटर वर नेपालतर्फसम्म भारतले उल्टै आफ्नो दाबी गर्छ”, उनले भने।

 


प्रकाशित मिति: आइतवार, माघ ४, २०७७, ०५:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
सशस्त्र प्रहरी बलको दुई बिओपी स्थापना
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
PROVINCIAL
पुरुषोतम सुनुवारको नेतृत्वमा नयाँ कार्यसमिति चयन नेपाल आदिवासी जनजाति महासंघको ८औं महाधिवेशन सम्पन्न
64x64
मगलवार, पुष २८, २०७७ News Missile
पुरा पढ्नुहोस्
PROVINCIAL
"DishHome मा Dealer दाइकाे Discount" अफरका विजेता रिजालले पाए १ लाख
64x64
शुक्रवार, पुष २४, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP