Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ ११:३३:०६    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
PROVINCIAL
  • Home
  • News
  • प्रदेश नं १ मा ५१ बिओपी स्थापना
प्रदेश नं १ मा ५१ बिओपी स्थापना
64x64
सोमबार, चैत ९, २०७७ News Missile
प्रदेश नं १ मा ५१ बिओपी स्थापना

पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बिओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ।

खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल-भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ।

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बिओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन्। विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन्।

विगतमा चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर, अहिले बिओपी स्थापना भएपछि यी समस्या हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

बिओपीले गर्दा नेपाली भूभागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले भने, “बिओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ ।”

पूर्वी नेपालको भारतसँग जोडिएको इलामाका सीमावर्ती क्षेत्रमा सात बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी बल नं १ गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी उपरीक्षक थापाले इलामको कूल सीमा ५२.२ किमी रहेको बताए । उनले अहिले सरदर एउटा बिओपीबाट अर्को बिओपीको गस्ती गर्न ७.५ किमी यात्रा तय गर्नुपर्ने भएपनि सीमा क्षेत्रमा पहुँच पुगेकाले कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिए।

उनले इलामको सलकपुर र समालबुङमा बिओपी स्थापना गर्न भवन निर्माणका लागि ठेक्का लागि सकेको बताए। कालपोखरी र छब्बिसेमा बिओपी स्थापना गर्न स्थानीयवासीको सहयोगमा जग्गाप्राप्तिका लागि प्रयास भइरहेको उनले जानकारी दिए ।

एउटा बिओपीमा अहिले सरदर २५ देखि ३५ सशस्त्र प्रहरी छन् । उनीहरुको निगरानी र सक्रियताका कारण जनतामा आशा जागेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए। झापामा १४४.२ किमीको सिमाना क्षेत्रमा १७ बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए।

झापाको सीमा लामो भएकाले यहाँ अझ २० बिओपी आवश्यकता पर्ने बताइएको छ । सरदर एक बिओपीमा २० देखि ३५ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई तेज पारेको छ।

यस्तै मोरङमा आइतबार मात्र ३ ठाउँमा बिओपी स्थापना गरिएको छ । ति बिओपीलाई प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निरीक्षण एवं अवलोकन गर्दै उद्घाटन गरे भने डाँगी, सुनवर्षीको सिकटी र धनपालको धनपतिमा बिओपी स्थापना भएपछि मोरङमा कूल ११ बिओपी पुगेका सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताए।

उनले मोरङको मधुमल्ला र सोराभागमा पनि बिओपीको आवश्यकता देखिएको जानकारी दिए । निकट भविष्यमा आवश्यकता भएको ठाउँमा बिओपी स्थापना हुँदै जाने उपरीक्षक पौडेलले बताए । मोरङको सिमानाको लम्बाइ ६३.२ किमी छ । यहाँको प्रत्येक बिओपीमा सरदर २५ देखि ३५ सशस्त्र प्रहरी खटिएका छन्।

सुनसरीमा हालसम्ममा १० बिओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए। उनले भोक्राहा गाउँपालिका र बर्जुतालको हर्मोनीस्थित बिओपी निर्माणाधीन अवस्थामा रहेका जनाउँदै सुनसरीमा आवश्यकताअनुसार बिओपी राज्यले स्थापना गर्दै जाने बताए।

सुनसरीको कूल सिमानाको लम्बाइ ६१.८ किमी छ । सरदर प्रत्येक बिओपीमा २५ देखि ३५ सशस्त्र प्रहरी बसेका छन् भने सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा प्रदेश नं १ मा पहिलो चरणमा ५१ बिओपी स्थापना भइसकेका छन् ।

नेपाल भारतको सीमाक्षेत्र इलाममा सात, झापामा १७, मोरङमा ११ सुनसरीमा १० र चीनतर्फको सिमानाअन्तर्गत ताप्लेजुङमा १, पाँचथरमा ४ तथा सङ्खुवासभामा १ बिओपी स्थापना भइसकेको बताइएको छ ।

 

 


प्रकाशित मिति: सोमबार, चैत ९, २०७७, १९:०३:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डेढ वर्षदेखि बन्द काठमाडौँ फन पार्क खुल्ने
डेढ वर्षदेखि बन्द काठमाडौँ फन पार्क खुल्ने
सरकारमा सहभागी २ मन्त्रीद्वारा राजीनामा
सरकारमा सहभागी २ मन्त्रीद्वारा राजीनामा
समाजसेवी रोशनी तामाङको नेतृत्वमा बालबालिकालाई स्कूल झोला
समाजसेवी रोशनी तामाङको नेतृत्वमा बालबालिकालाई स्कूल झोला
राष्ट्रिय सहकारी दिवस-०७७ को अवसरमा बिशेष रक्तदान
राष्ट्रिय सहकारी दिवस-०७७ को अवसरमा बिशेष रक्तदान
PROVINCIAL
डेढ वर्षदेखि बन्द काठमाडौँ फन पार्क खुल्ने
64x64
शुक्रबार, चैत २७, २०७७ News Missile
डेढ वर्षदेखि बन्द काठमाडौँ फन पार्क खुल्ने
कर्णालीको वेषभूषा, रहनसहन, खानपान, सांस्कृतिक पर्व एवं परम्परा, यहाँ प्रयोग भएका धेरै वर्ष अगाडिका सामग्री कर्णाली... पुरा पढ्नुहोस्
PROVINCIAL
सरकारमा सहभागी २ मन्त्रीद्वारा राजीनामा
64x64
बुधबार, चैत २५, २०७७ News Missile
सरकारमा सहभागी २ मन्त्रीद्वारा राजीनामा
पुरा पढ्नुहोस्
PROVINCIAL
समाजसेवी रोशनी तामाङको नेतृत्वमा बालबालिकालाई स्कूल झोला
64x64
सोमबार, चैत २३, २०७७ News Missile
समाजसेवी रोशनी तामाङको नेतृत्वमा बालबालिकालाई स्कूल झोला
पुरा पढ्नुहोस्
PROVINCIAL
राष्ट्रिय सहकारी दिवस-०७७ को अवसरमा बिशेष रक्तदान
64x64
शनिबार, चैत २१, २०७७ News Missile
राष्ट्रिय सहकारी दिवस-०७७ को अवसरमा बिशेष रक्तदान
पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP