Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०७:३१:१९    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
POLITICS
  • Home
  • News
  • संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छु : सभामुख सापकोटा
संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत छु : सभामुख सापकोटा
64x64
मगलवार, मंसिर ३०, २०७७ News Missile

काठमाडौ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई सदैव जोड दिँदै आएका छन् ।

सभामुख सापकोटाका तर्फबाट उनका प्रेसविज्ञ श्रीधर न्यौपाने जारी गरेको प्रेस नोटमा भनिएको छ, “जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनुभएको अवगत नै छ।”

संवैधानिक परिषद्को बैठकका सम्बन्धमा सभामुख सापकोटाको विषयमा जोडेर आएका प्रचारका सन्दर्भमा स्पष्ट पार्न प्रेस नोट जारी गरिएको बताइएको छ।

यही मङ्सिर २८ गते सङ्घीय संसद् सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत बिहान ८ः३० बजे सङ्घीय संसद्, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयं सभामुखले आफ्नै अध्यक्षतामा आयोजना गरिएकाले संवैधानिक परिषद्को बैठकमा उपस्थित हुन नसकेको प्रेस नोटमा उल्लेख छ ।

सोसम्बन्धी जानकारी यसअघि नै गराइसकिएको थियो । त्यसदिन बिहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

आजको बैठकका सम्बन्धमा सभामुखले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा प्रधानमन्त्रीलाई जानकारी गराएको प्रेस नोटमा उल्लेख छ।

प्रेस नोटमा भनिएको छ, “राज्य सञ्चालनमा दीर्घकालीन एवं दूरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषद्का सदस्यबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ।”

“नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ । राज्यका तीन अङ्ग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधिसभाको विपक्षीदलको नेता समेत सहभागी रहने संवैधानिक परिषद्को बैठकले लिने निर्णयले दूरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात् गर्नुभएको छ”, प्रेस नोटमा भनिएको छ,

संसद्लाई जीवन्त र जनमुखी बनाउने सूत्रवाक्यलाई हृदयङ्गम गरी जननिर्वाचित सर्वोच्च निकाय सङ्घीय संसद्को गरिमालाई माथि उठाउने विषयलाई उनले सदैव जोड दिँदै आएको उल्लेख गरेको छ।

जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, सङ्घीय संसद् प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थरुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको अवगत नै रहेको स्पष्ट पारिएको छ।

प्रेस नोटमा भनिएको छ, “उहाँ सङ्घीय संसद्को गरिमा कायम राख्दै संवैधानिक परिषद्को मर्यादा र जिम्मेवारीप्रति सदैव सचेत हुनुहुन्छ।”


प्रकाशित मिति: मगलवार, मंसिर ३०, २०७७, ०९:१२:००
प्रतिक्रिया दिनुहोस्
MORE
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
सीमासम्बन्धी काम चाँडो पूरा गर्ने प्रतिबद्धताकासाथ संयुक्त बैठक सम्पन्न
POLITICS
कांग्रेस सभापति देउवाको आग्रह
64x64
शुक्रवार, माघ २, २०७७ News Missile
पुरा पढ्नुहोस्
POLITICS
परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा
64x64
बिहिवार, माघ १, २०७७ News Missile
मन्त्री ज्ञवालीले शुक्रबार भारतको राजकीय अतिथिगृह हैदरावाद हाउसमा आफ्ना समकक्षी एस जयशङ्करसँग भेटवार्ता... पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]com
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP