काठमाडौ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अबैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।
अध्यक्ष केसीले शक्तिशाली नागरिकता छानवीन आयोग गठन गरी अवैध रुपमा भारतीय नागरिकलाई दिइएको नागरिकता खारेज गर्न सरकारसँग माग गरेको हो ।
सोमवार काठमाडौंमा आयोजित नागरिकता विधेयक सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै केसीले भारतीय नागरिकलाई वंशजको आधारमा नागरिकता दिने षडयन्त्र सहित नागरिकता सम्बन्धि विधेयक ल्याइएको बताए ।
त्यसलाई फिर्ता लिन पनि सरकारलाई केसीले दवाव दिए । पूर्व उपप्रधानमन्त्री समेत रहेका केसीले भारतीय नागरिकलाई नागरिकता दिने काम भइरहे नेपाल छिट्टै भारतमा विलय हुने भन्दै सचेत रहन आग्रह गरेका थिए ।