Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
मगलवार, माघ ६, २०७७ ०८:५१:४०    Tuesday, 19 January, 2021
  •  
  • EN
  • E-Paper
  मगलवार, माघ ६, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
CULTURE & ARTS
  • Home
  • News
  • श्रद्धा भक्तिपूर्वक उदाउँदो सूर्यलाई अर्घ्य
श्रद्धा भक्तिपूर्वक उदाउँदो सूर्यलाई अर्घ्य
64x64
शनिवार, मंसिर ६, २०७७ News Missile

काठमाडौँ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ।

कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व बुधबारदेखि शुरु भएको हो।

चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ।

कार्तिक शुक्ल सप्तमीका दिन अर्थात् आज बिहान उदाउँदो सूर्यलाई पूजासहित अर्घ्य दिएपछि यो पर्व सम्पन्न भएको हो।

मनोकांक्षा पूरा हुने विश्वासमा विशेष गरी महिलाले छठमा कठोर व्रत गर्ने गर्छन्। विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँ लागायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो।

वि.सं. २०६३ पछि भने काठमाडौँको थापाथली, गौरीघाट र रानीपोखरीमा पनि विशेष महत्वकासाथ मनाउन थालियो।

विगत वर्षमा बेहुलीझैँ सिँगारी राजधानीमा मनाइने छठ यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण भौतिक दूरी कायम गरी मनाइएको छ।

आज बिहान यी स्थलहरुमा उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ सम्पन्न भयो । शुक्रबार बेलुकी अस्ताउँदो सूर्यलाई जस्तै आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन पनि व्रतालुमात्र राजधानीका छठ घाट गएका थिए।

कमलपोखरीमा विगत वर्षहरुमा करिब १५ हजार मानिस उपस्थित भएर छठ पूजा गर्ने गरिएकामा यस वर्ष जिल्ला प्रशासन कार्यालयको आह्वानमा १५० जनाले भौतिक दूरी कायम गरी अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएको कमलपोखरी छठ समाजका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिए।

उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ। यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ।

बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अर्घ्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ। सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ।

पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको धार्मिक विश्वास छ ।

कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वासको चर्चा शास्त्रमा गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

सूर्यषष्ठी समेत भनिने कार्तिक शुक्ल षष्ठीमा सूर्यको पूजा आराधना गर्ने निर्देश शास्त्रमा गरिएको उनले जानकारी दिए।

सूर्य पूजा र दर्शन गरी विवाहिता महिला पुरुषले पति पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर वधु प्राप्तिको कामनाका लागि गर्छन्। सन्तान प्राप्तिको कामनाले यो पर्व मनाउनेको सङ्ख्या पनि धेरै छ।

सर्वप्रथम छठी माताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ। महाभारतकालमा द्रोपदीसहित पाण्डव अज्ञातवासमा रहँदा सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए।

पाण्डव मिथिलाको विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको भन्ने भनाइ छ।

सूर्य पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास समेत गरिन्छ।


प्रकाशित मिति: शनिवार, मंसिर ६, २०७७, ०१:११:००
प्रतिक्रिया दिनुहोस्
MORE
मनाइयो माघे सङ्क्रान्ति एवं माघी पर्व
माघे (मकर) सङ्क्रान्ति पर्व मनाइँदै
माघेसङ्क्रान्तिबाट आपसी एकता र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकता थप सुदृढ पार्न मद्दत पुगोस् : राष्ट्रपति
वैदिक चिकित्सा पद्धति योग दिवस
CULTURE & ARTS
पशुपतिनाथमा धनुर्मास पूजा
64x64
शुक्रवार, पुष २४, २०७७ News Missile
पुरा पढ्नुहोस्
CULTURE & ARTS
देवघाटमा माघेसङ्क्रान्ति मेला नलाग्ने
64x64
मगलवार, पुष २१, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
आज रातिदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य बढ्यो सोमवार, माघ ५, २०७७ -->
सर्वोच्चलाई दवाव र धम्कीबाट मुक्त बनाउँन नेकपा अध्यक्षद्वयको आह्वान
अनलाइन नवीकरण व्यवस्था खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता
समस्यामा परेका उद्योग तथा व्यवसायलाई विद्युत् डिमाण्ड शुल्क छुट
जङ्गीअड्डामा सुरक्षा तथा व्यवस्थापन केन्द्र
नेपाली भूमिमाथि भारतीय अतिक्रमण जारी, सीमास्तम्भ ढलेको ढल्यै
हरेक हप्ता डिशहोम रियालिटि टिभीमा ‘कलाको मेला’ ट्यालेन्ट शो
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रधानमन्त्रीको प्रश्न : निर्वाचनबाट किन डराउने ?
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
शीतलहर प्रकोप : रात कटाउन पराल छ, उज्यालो भएपछि घूर शनिवार, माघ ३, २०७७
नेपाली सेनाद्वारा खोज तथा उद्धार कलाको नमूना प्रदर्शन शुक्रवार, माघ २, २०७७
गुप्त लौरोदेखि बाउन्न हाते चिनासम्म पृथ्वीनारायण अध्ययन केन्द्रमा मगलवार, पुष २८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP