अष्ट्रेलिया । प्रत्येक वर्षको २६ जनवरीका दिन अष्ट्रेलियाको राष्ट्रिय दिवसको रुपमा मनाइने अष्ट्रेलिया दिवसका दिन नेपाली मूलका प्रभादेवी श्रेष्ठ सम्मानित भएकी छन् ।
मेल्टन सिटी काउन्सिलले आयोजना गरेको कार्यक्रममा बिभिन्न समुदायका गरी ५ जनालाई अवार्ड प्रदान गरेकोमा नेपाली मूलकी प्रभादेवी श्रेष्ठ Gender Equity Leader of the Year अवार्डद्धारा समानित भएकी हुन्।
सन १७८८ मा पहिलो पटक ब्रिटिश न्यू साउथ वेल्समा आइपुगेर सिड्नीमा ब्रिटिश झण्डा फहराएको सम्झनामा यसलाई बार्षिकोत्सव रुपमा अष्ट्रेलिया दिवस मनाउने प्रचलन छ ।
यो दिवस पछिल्लो समय अष्ट्रेलियाको इतिहासलाई प्रतिबिम्बित, आधिकारिक सामुदायिक अवार्ड प्रदान, नयाँँ अष्ट्रेलियन नागरिकलाई स्वागत गर्ने जस्ता महत्वपूर्ण कार्यक्रम गरेर अस्ट्रेलियालाई बहुसांस्कृतिक देशको रुपमा चिनाउने उद्धेश्यकासाथ मनाउने गरिन्छ।
ऐस्वर्य बिद्या पदक प्राप्त गरेकी श्रेष्ठ बिभिन्न अन्तर्राष्ट्रिय विकास संस्थाहरुमा सिनियर मैनेजमेण्ट टिममा लामो समय कृयाशिल हुनुकाे साथै अष्ट्रेलियन एड छात्रबृति मार्फत मेलबर्न यूनिभर्सिटीबाट एमपिएच गरेकी श्रेष्ठ हाल दिदी-बहिनी समाज भिक्टोरियामा उपाध्यक्ष हुन् भने अन्य बिभिन्न सामाजिक कार्यमा समेत कृयाशिल छन् ।
त्यस्तैगरी अवार्ड प्राप्त गर्नेहरुमा Ehab Majid Hadaya (Intercultural Engagement Leader of the Year), Zoe Attard (Access and Inclusion Leader of the Year), Lauchlan Wright (Young Citizen of the Year) and Annette Butterworth (Citizen of the Year) रहेका छन् ।
कार्यक्रममा मेल्टन सिटी काउन्सिलकी मेयर क्याथी माज्ड्लिक लगायतका पदाधिकारीहरु र भिक्टोरिया राज्यको संसदीय स्वास्थ्य सचिवको जिम्मेवारी बहन गरेका सांसद स्टेभ म्याकघिए उपस्थित थिए ।
लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार रामकुमार श्रेष्ठले सामाजिक सन्जाल मार्फत अवार्ड बिजेता सबैलाई बधाई ज्ञापन गरेका छन्।