काठमाडौं । प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक बनेकी छन् सिन्धुपाल्चोक मेलम्ची नगरपालिका २ की राधिका थापा।
कात्तिक १८ गतेदेखि माघ १० गतेसम्म चलेको उक्त तालिम सेनाभित्रकै अति कडा र चुनौतीपूर्ण मानिने प्रतिविद्रोह तथा जंगल युद्धकला थापाले सफलतापूर्वक सम्पन्न गरेकी हुन्।
सैनिक मुख्यालय जंगी अड्डाद्वारा जारी विज्ञप्ती अनुसार यस तालिम अहिलेसम्म कुनै पनि महिला सैनिकले नगरेको जनाएको छ।
२०७० जेठ २४ बाट प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा कार्यरत थापा वि.सं. २०६९ असार १५ गते नेपाली सेनाको सैन्य दर्जामा भर्ना भएकी थिइन्।