Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
बुधबार, वैशाख ८, २०७८ १०:३६:५२    Wednesday, 21 April, 2021
  •  
  • EN
  • E-Paper
  बुधबार, वैशाख ८, २०७८ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
Mitsubishi
EDUCATION & LITERATURE
  • Home
  • News
  • थानकोट (शोणितपुर) को साहित्यिक गतिविधि र साहित्यकारहरू... बाँकी अंश
थानकोट (शोणितपुर) को साहित्यिक गतिविधि र साहित्यकारहरू... बाँकी अंश
64x64
शनिबार, चैत २१, २०७७ News Missile
थानकोट (शोणितपुर) को साहित्यिक गतिविधि र साहित्यकारहरू... बाँकी अंश

लेखक - भीमनारायण श्रेष्ठ
थानकोट (शोणितपुर)

थानकोट क्षेत्रका साहित्यकारहरू :

थानकोट क्षेत्रमा अहिलेसम्मको जानकारीअनुसार केही साहित्यकारहरूको नाम लिन सकिन्छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार एवम् सङ्गीतकारहरूको नाम ज्यादै न्यून देखिएपनि साहित्यकारहरूको समूह बढ्दो देखापर्छ। यो सुखद अनुभूति हो।

(क) कृष्णप्रकाश श्रेष्ठ : थानकोट चुनिखेलका वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठ (हाल उहाँ रसियामा हुनुहुन्छ) को नाम अग्रपङ्तिमा आउँछ । उहाँको साहित्यिक यात्रा बेजोडको छ । उहाँ अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार हुनुहुन्छ। उहाँका नेपालभाषा साहित्यका साथै अरू थुप्रै मौलिक ग्रन्थहरू प्रकाशित छन् । उहाँका रुसी भाषा साहित्यका पुस्तकहरू नेपालीभाषामा अनुवाद गरेका थुप्रै कालजयी ग्रन्थहरू छन् । साथै उहाँले नेपालीका स्तरीय ग्रनथहरूका साथै आफ्नो मौलिक कृतिहरू पनि रुसी भाषामा प्रकाशित गर्नुभएको छ । उहाँले थुप्रै साहित्यिक पदकहरू ग्रहण गरी सक्नु भएको छ। नेपाली साहित्यमा योगदान पुर्याए वापत उहाँलाई जगदम्बा श्री पुरस्कार-२०५९, नइदेरुनिख पुरस्कार सन् २०११, शिक्षानुरागीप्रति पुश्किन स्वर्णपदक (रुस), आदि राष्ट्रिय तथा अन्तरर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गर्नुभएको छ।

(ख) चन्द्रलाल श्रेष्ठ : थानकोट लाय्ब निवासी स्व. चन्द्रलाल श्रेष्ठले नेवारीभाषामा दाफा भजनका २ (दुई) ओटा पुस्तक लेख्नु भएको भन्ने बुझिन्छ । तर प्रकाशनमा आएको भने देखिँदैन ।

(ग) मोहनमान श्रेष्ठ : थानकोट लाय्ब निवासी मोहनमान श्रेष्ठको नेपालभाषामा ’आसाँद्याः’ नामको कथा सङ्ग्र्रह २०२९ सालमा प्रकाशित भएको छ। आसाँद्याः नामक कथाका लागि भक्तपुरमा आयोजित तत्कालीन विराट नेपालभाषा साहित्य सम्मेलनबाट प्रथम पुरस्कार प्रदान गरिएको थियो । शिक्षण पेशाबाट अवकाश प्र्राप्त उहाँले नेपालभाषा साहित्यमा योगदान पु¥याउनु भएको छ। उहाँको सशक्त कविताहरू भए पनि पुस्तकाकारको रूपमा प्रकाशित भएको देखिँदैन।

(घ) रामबहादुर श्रेष्ठ : लामो समयसम्म सरकारी सेवामा रही अवकाश हुनुभएका थानकोट चुनिखेल निवासी स्व. रामबहादुर श्रेष्ठ (खरिदार बा) को धार्मिक कविता सङ्ग्रह ‘ज्ञानकुञ्ज’ २०४० सालमा प्रकाशित भएको देखिन्छ। साथै साहित्यकार कृष्णप्रकाश तथा तेजप्रकाशका पिता श्रेष्ठका अन्य लेखरचना, संस्मरणहरू पनि प्रकाशनमा आएको देखिन्छ। तत्कालीन सोभियतभूमि पत्रिकामा उहाँका संस्मरणहरू पनि प्रकाशित भएको पाइन्छ ।

(ङ) तेजप्रकाश श्रेष्ठ : थानकोटको साहित्यिक धरोहर वरिष्ठ साहित्यकार तेजप्रकाश श्रेष्ठ पनि थानकोट चुनिखेल निवासी हुनुहुन्छ। उहाँको पहिलो पुस्तकाकार कृति ‘बाँचेका क्षणहरू’ २०३८ सालमा प्रकाशित भए पश्चात साहित्यिक यात्रामा उहाँ अनवरत रूपमा बेलगाम कुद्नु भएको पाइन्छ । निजामति सेवामा रहेर पनि विशेषतः बालसाहित्यतर्फको दर्जनौ कृति प्रकाशित गर्नु भएका उहाँको कथासङ्ग्रह, उपन्यास, कविता सङ्ग्रह, लोकसाहित्य, नियात्रा, लोकसंस्कृति र विविध क्षेत्रका साहित्य लेखनको दर्जनौ कृतिहरू प्रकाशित भइसकेका छन् । उहाँको ‘शोणितपुर हो प्राचीन नाउँ’ थानकोटको चिनारी नामको पुस्तक शोणितपुर साहित्य सङ्गीतका तथा कला समाजबाट प्रकाशित भएको छ। हाल उहाँ सरकारी सेवाबाट निवृत्त जीवन बिताइरहनु भए तापनि साहित्यिक कर्ममा निरन्तर लागिरहनु भएकोछ । उहाँको प्रकाशोन्मुख कृतिहरू तँछाड मछाड गरी लाइन लागेर बसेको बुझिन्छ।

(च) गौतमदास अमात्य : थानकोट इमाखेलका स्व. गौतमदास अमात्य नेपालभाषा साहित्यको विलक्षण प्रतिभाका धनी हुनुहुन्थ्यो। जन्मदेखि शारीरिक अपाङ्गता व्यहोर्दै आउनु भएका उहाँ मानसिक रूपमा भने साङ्ग नै हुनुहुन्थ्यो। उहाँको कृति नेपाल सम्वत् १११० मा कविता-जिगु जीवनया अमर सङ्गीतका खः कविता सङ्ग्रह प्रकाशित भएको छ। उहाँको दोस्रो कृति भावनाया मूस्वां नेपालसम्वत् ११२२ मा प्रकाशित भएको छ ।

(छ) धनबहादुर गोपाली : थानकोट चोछेँ निवासी धनबहादुर गोपाली साङ्गीतिक क्षेत्रका मूर्धन्य व्यक्तित्व हुनुहुन्छ । गायन विधातर्फ शास्त्रीय सङ्गीतमा राम्रो दखल भएका उहाँको थुप्रै गीत सङ्गीतका क्यासेट र सि.डि. प्रकाशित छन्। हालसालै मात्र पद्मकन्या कलेजको सह-प्रध्यापकबाट अवकाश लिनु भएका सङ्गीत प्रवीण उहाँ कलानिधि इन्दिरा सङ्गीतका महाविद्यालयको प्रधानाचार्य हुनुहुन्छ। हाल उहाँ शास्त्रीय सङ्गीत समाजको अध्यक्ष समेत हुनुहुन्छ। उहाँको ‘सङ्गीतका सूत्र’ भाग-१ ग्रन्थ २०६१ सालमा प्रकाशित भएको र यसपछि ‘सङ्गीतका सूत्र’ भाग-२ प्रकाशित भएको छ। यीे ग्रन्थहरू आई. ए. र बी. ए. तहको सङ्गीत बिषयको पाठ्यपुस्तकका रूपमा पठनपाठन हुने गरेको छ। 

(ज) भीमनारायण श्रेष्ठ : थानकोट लँठ निवासी भीमनारायण श्रेष्ठ नेपालभाषा साहित्यमा २०३६ सालमा प्रवेश गरेर नेपाली साहित्यमा समेत कथा, कविता र विभिन्न विधामा कलम चलाउँदै रहनुभएको छ । उहाँ नेपालसम्वत् ११२५ को अवसरमा प्रकाशित ‘हसना’ नामको टेलिफोन डाइरेक्ट्रीको साहित्य संयोजक हुनुहुन्थ्यो । उहाँले त्यस डाइरेक्ट्रीमा ‘थक्वाः म्हसिका’ (थानकोटको परिचय) नेपालभाषाको लेख प्रकाशित गर्नुभएको थियो । शोणितपुर साहित्य सङ्गीतका तथा कला समाजका अध्यक्षको जिम्मेवारीसमेत लिनुभएका उहाँका विभिन्न पत्रपत्रिकाहरूमा कथा, कविता र लेखहरू प्रकाशित भएका छन् । हाल चन्द्रागिरि साहित्य समाजको उपाध्यक्षमा कार्यरत उहाँको भावलहर’ नामको कविता सङ्ग्रह शीघ्र प्रकाशित हुँदैछ।

(झ) सौरभकिरण श्रेष्ठ : चु्निखेल, थानकोटकासौरभकिरण श्रेष्ठ (वरिष्ठ साहित्यकार तेजप्रकाशका सुपुत्र) को कलेजका दिनहरू, आखिर मञ्जरी तिमी उपन्यासहरू, कथा हजुर बाको कथा सङ्ग्रह, म पनि भाग लिन्छु, साथीसँग बनभोज, घर फर्कँदा जस्ता दर्जनौ बालसाहित्यका पुस्तकहरू प्रकाशित भएका छन् । साथै उहाँ सुनकेस्रा बालपत्रिकाको सम्पादक भएर लामो समय साहित्यिक क्षेत्रमा क्रियाशील रहनु भएको थियो । हाल पनि उहाँका साहित्यिक कृतिहरू प्रकाशित हुँदैछन्।

(ञ) मौन आवाज : थानकोट टेकानपुर निवासी मौन आवाज (श्याम बलामी) को यो शताब्दीमा म पनि छु कविता सङ्ग्रह २०७१ सालमा प्रकाशित भएको छ। साहित्यकार मौन आवाजको थुप्रै कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन्। स्थानीय युवाहरूको सक्रियतामा श्याम बलामीले उत्सर्ग समूह गठन गरेर प्रतिबिम्ब विविध मासिक पत्रिकाको प्रधान सम्पादक र बलामी आवाज पत्रिकाको सम्पादकको भूमिकासमेत निर्वाह गर्नुभएको छ। सोही समूहको सक्रियतामा पुस्तकालय भवन निर्माण गरी अग्रसर पुस्तकालय समेत स्थापना भएको छ । चन्द्रागिरि साहित्य समाजको कोषाध्यक्ष समेत रहनुभएका श्याम बलामी हाल आर्ष नेपाल अनलाईनमा साहित्यतर्फको जिम्मेवारी बहन गरिरहनु भएको छ। 

(ट) शिवप्रसाद श्रेष्ठ : ताहाननी थानकोटका शिवप्रसाद श्रेष्ठको नेपालभाषाको थक्वाः देशय् ह्वःगु स्वाँ कविता सङ्ग्रह नेपालसम्वत् ११३७ मा प्रकाशित भएको छ । अर्को नेपालीभाषाको एउटा कविता सङ्ग्रह प्रकाशोन्मुख रहेको बुझिएको छ।

(ठ) तारावदन श्रेष्ठ : थानकोट चुनिखेलमा जन्मिनु भएकी तारावदन श्रेष्ठ बालसाहित्यकार हुनुहुन्छ। उहाँको माकुराको जुत्ता र छेपारोको पुच्छर बालकथा सङ्ग्रह हुन् भने चटपटे, मिठो बास्ना र साने आदि बालचित्रकथाहरू हुन्। यसका अतिरिक्त लेख, नियात्राहरू विभिन्न पत्रपत्रिकामा प्रकाशित भएका छन् । अरू पनि थुप्रै बालसाहित्यका पुस्तकहरू प्रकाशित हुने क्रममा छन्।

(ड) दुर्गालाल श्रेष्ठ : थानकोट सिकःछेँका दुर्गालाल श्रेष्ठबाट रचित एकाङ्की नाटक बदला २०४३ सालमा मञ्चन भएको थियो। उहाँको नेपालभाषा र नेपालीभाषाका कथा, कविता, नाटकको साथै विभिन्न लेखहरू कृतिको रूपमा प्रकाशित भएको नदेखिए तापनि केही रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित भएको बुझिन्छ । 

(ढ) किसन आलेमगर (कृष्णहरि) ; थानकोट माटिखेलका किसन आलेमगर (कृष्णहरि) को पहिलो कृति नलेखेको साइनो उपन्यास २०७६ सालमा प्रकाशित भएको छ । उहाँको गीत/गजल, कविता, एकाङ्की नाटक, कथा र समसामयिक लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरू प्रकाशित भएका छन् । अझ उपन्यास र कथा सङ्ग्रह प्रकाशोन्मुख रहेको बुझिन्छ।

४  बाहिरबाट आइ बसोवास गर्ने साहित्यकारहरू

अन्यत्र जिल्ला/ठाउँबाट आएर हाल थानकोटमा बसोवास गरिरहनु भएका साहित्यकारहरूको साहित्यिक गतिविधि पनि यहाँ उल्लेख गर्न आवश्यक देखिएकोले जानकारीमा आएसम्मको प्रस्तुत गर्ने जमर्को गरेको छु।

(क) मुकुन्द आचार्य  : बारा जिल्लाबाट थानकोट त्रिभुवनपार्क पछाडि (टेकानपुर नजिक) मा बसोवास गरिरहनु भएका वरिष्ठ साहित्यकार मुकुन्द आचार्य व्यङ्ग्य साहित्यिक क्षेत्रमा विशेष दखल भएका साहित्यकार एवम् पत्रकार हुनुहुन्छ। झन्डै चार दशक अध्यापन र पत्रकारितामा जीवन बिताइसक्नु भएका उहाँ कतिपय पत्रिकाको स्तम्भकार, सम्वाददाता, सम्पादक, प्रधानसम्पादक समेत हुनुहुन्छ। उहाँको विगत र वर्तमान, पठ्ठो बन्ने रहरमा र नेताको रूपलाई चुरोटको धूप व्यङ्ग निवन्ध उल्लेखनीय छन्। उहाँको व्यङ्ग्य साहित्य, नाटक र उखानटुक्का मौलिक कृतिकासाथै भोजपुरी साहित्य नेपालीमा अनुवादसमेतका थुप्रै कृतिहरू प्रकाशित भएका छन् । नेपाली र भोजपुरीभाषाबाट कविताका साथै नाटक लेखन र निर्देशनसमेत गर्नुभएका उहाँले विभिन्न संस्थाहरूबाट सम्मान र पुरस्कार समेत ग्रहण गरिसक्नु भएको छ। साहित्यिक यात्राको प्रेरणाका स्रोत उहाँ जीवनको उत्तराद्र्धमा पनि साहित्यिक कर्ममा फुर्तिला योद्धा नै हुनुहुन्छ। उहाँ हाल चन्द्रागिरि साहित्य समाजका अध्यक्षसमेत हुनुहुन्छ । शोणितपुर कोठे कवि गोष्ठीमा उहाँको सक्रियता पनि बिर्सन सकिन्न।

(ख) प्रेमबहादुर सिंह : कालिकोट जिल्लाबाट थानकोट त्रिभुवनपार्क पछाडिको इलाकामा बसोवास गरिरहनु भएका साहित्यकार प्रेमबहादुर सिंह पूर्व मन्त्रीसमेत हुनुहुन्छ । उहाँको संविधान निर्माण : एक अनुभूति प्रकाशित भएको छ। साथै विभिन्न लेख रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित भएका छन् ।

५ फुटकर रचनाका साहित्यकारहरू

साहित्य सृजनामा लाग्नुभएका निम्न उल्लेखित साहित्यकारहरूको कृति प्रकाशित भएको नदेखिए तापनि विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित भएको जानकारी भएकोले ती साहित्यकारहरूको नाम समेत यहाँ प्रस्तुत गर्न सान्दर्भिक देखिन्छ। 
१) स्व. इन्द्रगोपाल श्रेष्ठ (थानकोट,चुनिखेल)-अङ्ग्रेजी साहित्यका लेखहरू पत्रपत्रिकामा प्रकाशित।
२) घनश्याम गिरी (थानकोट, गलवन)- गीत/कविता प्रकाशित ।
३) ज्ञानेश्वर खनाल (हाल थानकोट, माटिखेल)-विभिन्न लेखहरू पत्रपत्रिकामा प्रकाशित ।
४) ओमप्रकाश श्रेष्ठ (थानकोट, इमाखेल)-नेपाल भाषाको कविता पत्रपत्रिकाहरूमा प्रकाशित ।
५) वसुलाल सुवाल (थानकोट, इमाखेल)-कविता लेख रचना पत्रपत्रिकाहरूमा प्रकाशित ।
६) दीपककिरण श्रेष्ठ (थानकोट, चुनिखेल)-कविता लेख रचना पत्रपत्रिकाहरूमा प्रकाशित ।
७) मोहन बलामी (थानकोट, टेकानपुर)-बलामी संस्कृतिका लेख रचनाहरू पत्रपत्रिका प्रकाशित ।
८) सुमन श्रेष्ठ  (थानकोट, खरिबोट)-विभिन्न लेख रचनाहरू पत्रपत्रिकामा प्रकाशित ।
९) विनयराज श्रेष्ठ (थानकोट, लँठ)-कविता लेख रचना पत्रपत्रिकाहरूमा प्रकाशित ।
१०) ईश्वर बलामी (थानकोट, टेकानपुर)-कविता लेख रचना पत्रपत्रिकाहरूमा प्रकाशित ।
११) उमेश महर्जन (थानकोट, इमाखेल)- कविता र अन्य लेखहरू पत्रपत्रिकाहरूमा प्रकाशित ।
१२) शमिश्रण वाग्ले (मुकुन्द वाग्ले) (हाल थानकोट)-कविताहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित ।
१३) भुवन गिरी (थानकोट, गलवन)-कविता र रचनाहरू पत्रपत्रिकाहरूमा प्रकाशित ।
सोही चन्द्रागिरि साहित्य समाज नामक संस्था नयाँ सरचनामा गतिशील ढङ्गबाट अगाडि बढ्दै जान २०७७ कार्तिक १५ गते पुनर्गठन गरी यस पङ्तिकार भीमनारायण श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन भयो। उक्त कार्य समितिमा अध्यक्ष-भीमनारायण श्रेष्ठ, उपाध्यक्ष-राजेन्द्र श्रेष्ठ, सचिव- श्यामबलामी, कोषाध्यक्ष- प्रमिलाश्रेष्ठ, सहसचिव-मुकुन्दवाग्ले, सदस्यहरु-ईश्वर बलामी, तारा वदन श्रेष्ठ, भुवन गिरी र सुजना श्रेष्ठ रहनु भएको छ। यसै संस्था निर्वतमान अध्यक्ष श्री मुकुन्द आचार्यलाई वहाँको साहित्यिक क्रियाशीलता एवम् मार्गदर्शकको रुपमा कदर गर्दै संरक्षक मनोनयन गरी वरिष्ठ साहित्यकार श्री तेजप्रकाश श्रेष्ठलाई सल्लाहकार मनोनयन गरी निरन्तरता दिएको छ। यसै संस्थाबाट हाल सम्म पनि विभिन्न साहित्यिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ ।

अन्त्यमा

यस्तै साहित्य रचनामा लागेका अरू पनि धेरै साहित्यकारहरू होलान् । यो सानो लेखमा समेट्न सकिएन। जानकारी प्राप्त भएमा अर्को पटक समावेश गरिने छ। विद्यार्थी भाइ बहिनीहरूमा पनि साहित्यिक सिर्जना लहर पैmलिरहेको देखिएकाले अझ बढी साहित्यिक वातावरण फक्रने छ भन्ने विश्वास पलाएको छ। भविश्यमा थानकोट मात्र हैन सिङ्गो चन्द्रागिरि नगरपालिका (प्राचीन शोणितपुर क्षेत्र) नै साहित्यमय बन्ने छ भन्ने आशा र विश्वास लिन सकिन्छ।
समाप्त


प्रकाशित मिति: शनिबार, चैत २१, २०७७, १३:५६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
भद्रकाली सत्तलमा बालकलाई शिक्षादीक्षा 
भद्रकाली सत्तलमा बालकलाई शिक्षादीक्षा 
सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार
सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार
सैनिक कमाण्ड तथा स्टाफ कलेजको आयोजनामा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम
सैनिक कमाण्ड तथा स्टाफ कलेजको आयोजनामा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम
EDUCATION & LITERATURE
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
64x64
मंगलबार, चैत ३१, २०७७ News Missile
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
पुरा पढ्नुहोस्
EDUCATION & LITERATURE
भद्रकाली सत्तलमा बालकलाई शिक्षादीक्षा 
64x64
सोमबार, चैत ३०, २०७७ News Missile
भद्रकाली सत्तलमा बालकलाई शिक्षादीक्षा 
प्राचीनकालमा ३ वर्षसम्म भद्रकाली सत्तलमै बसेर शिक्षादीक्षा दिइन्थ्यो । आधुनिकतासँगै ३ वर्षका स्थानमा प्रत्येक वर्ष... पुरा पढ्नुहोस्
EDUCATION & LITERATURE
सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार
64x64
शुक्रबार, चैत २०, २०७७ News Missile
सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार
पुरा पढ्नुहोस्
EDUCATION & LITERATURE
सैनिक कमाण्ड तथा स्टाफ कलेजको आयोजनामा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम
64x64
सोमबार, चैत १६, २०७७ News Missile
सैनिक कमाण्ड तथा स्टाफ कलेजको आयोजनामा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालीम
छैठौ संस्करणको सो तालीमको उद्घाटन गर्दै बलाधिकृत रथी प्रभुराम शर्माले साइबर, जलवायु परिवर्तन, महामारी जस्ता चुनौती सामना गर्न... पुरा पढ्नुहोस्
LATEST NEWS
पनौती १२ वर्षे मकर मेला पनौती १२ वर्षे मकर मेला शुक्रबार, वैशाख ३, २०७८
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
पुरानो बर्षको पाठ र नयाँ बर्षको अपेक्षा
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
भूमि सूचना पद्धति र ‘मेरो कित्ता’ शुभारम्भ
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
विक्रम संवत् २०७८ अर्थात नयाँ वर्ष शुरु
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
सभापति देउवाको आग्रह : सुरक्षितरुपमा नयाँ वर्ष मनाऔं
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ नक्सा र शान्तिवार्ता महत्वपूर्ण सफलता : राष्ट्रपति
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
नयाँ वर्ष तिमी यसपाली यसरी आउ
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
प्रतिनिधिसभा: नयाँ नक्साअनुसार भूमि फिर्ता गर्नुपर्ने सुझाव 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
बीबीसी माष्टरसेफ च्याम्पियन सेफ शाहले बनाए खसीको मासुको ५२ परिकार 
WORLD
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन
नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको अध्यक्षमा शर्मा चयन News Missile
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि
बिरालोमा पहिलो पटक कोराेना सङ्क्रमण पुष्टि News Missile
विश्वका ६ करोड मानिस कोरोनामुक्त
विश्वका ६ करोड मानिस कोरोनामुक्त News Missile
HEALTH
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ
अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कनु : विज्ञ सोमबार, चैत २३, २०७७
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ
उपत्यकाभित्र वायु प्रदूषण, घरबाहिर निस्कनै पर्ने भए मास्कको प्रयोग गरौँ शुक्रबार, चैत १३, २०७७
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ :  प्रधानमन्त्री
कोभिड-१९ सङ्क्रमणबाट सचेत हुनुपर्छ : प्रधानमन्त्री बिहीबार, चैत १२, २०७७
SPORTS
मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण मेयर कप २०७७ क्रिकेट खेल डिशहोमबाट प्रत्यक्ष प्रशारण बिहीबार, फागुन २०, २०७७
क्यान र काठमाडौँ  महानगरपालिकाबीच सम्झौता क्यान र काठमाडौँ महानगरपालिकाबीच सम्झौता मंगलबार, माघ २०, २०७७
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी बिहीबार, माघ ८, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • BUSINESS
  • SOCIAL
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP