काठमाडौ । केही दिन हल्का सुधार भएको वायु प्रदूषण फेरि अत्यधिक बनेको छ । काठमाडौँ अहिले विश्वकै प्रदूषित शहरको सूचिमा पहिलो नम्बरमा छ ।
आइक्यूएअरका अनुसार काठमाडौँको वायुको एक्यूआई ३ सय ७ रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले निर्धारण गरेको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ भने एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ ।
डब्लुएचओले ३ सय १ भन्दा माथि पुगे घातक हुने उल्लेख गरेको छ । गएको बुधबार बेलुका काठमाडौँ उपत्यकासहित क्षेत्रमा पानी परेपछि वायु प्रदूषण केही कम भएको थियो ।