काठमाडौ । नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजित मेयर कप २०७७ क्रिकेट खेल डिशहोमले प्रत्यक्ष प्रशारण गर्ने भएको छ।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट संघ (CAN) द्धारा आयोजित मेयर कप पुरुष (एक दिवसीय) २०७७ प्रत्यक्ष प्रशारण गर्ने सम्बन्धमा डिशमिडिया नेटवर्क र क्यानविच समझदारी पत्रमा भएको हो ।
काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा फागुन २२ गतेबाट शुरु हुने मेयर कप पुरुष (एक दिवसीय) २०७७ मा ३ विभागीय टीम, १ बागमती टीम र काठमाडौ महानगरपालिका टीमले उपाधिका लागि प्रतिष्पर्धा गर्ने छन् ।
फागुन २९ गतेसम्म चल्ने उक्त प्रतियोगितामा १ बागमती प्रदेश, ३ विभागीय टीम र १ काठमाडौ महानगरपालिका गरि सहभागी ५ टीम रहेको छ भने दुबै प्रतियोगिता डिशमिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानलले प्रत्यक्ष प्रशारण गर्ने छन्।
यसअघि दाङमा भएको प्रधानमन्त्री कप महिला प्रतियोगिता र काठमाडौंको किर्तिपुर तथा मुलपानी मैदानमा भएको खेल पनि डिसहोमले प्रत्यक्ष प्रसारण गरेको थियो ।