काठमाडौ । आइसीसी विश्वकप टि–ट्वेन्टी क्रिकेटको एशिया छनौटमा नेपालले विजयी शुरुवात गरेको छ ।
पहिलो खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ । १२ वर्ष अगाडि दोस्रो बलमै जित निकालेको इतिहास दोहो¥याउने क्रममा नेपालले म्यानमारलाई १८ बल खेल्दै ८ विकेटले पराजित गरेको हो ।
मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भएको थियो ।
उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपालका सन्दिप लामिछानेले ४ तथा ललित राजवंशीले ३ र ललित भण्डारी र करण केसीले १÷१ विकेट लिएका थिए ।
जवाफमा नेपालले १८ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । ओपनर प्रदिप ऐरीलाई शून्यमा गुमाएको नेपालले अनिल कुमार शाहलाई व्यक्तिगत ११ रनमा गुमाउन पुगेका थिए ।
त्यसपछि करण केसीले अविजित १४ रन बनाउँदा नेपालले सहज जित हात पार्न सफल भएको हो । जितसँगै नेपाल अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।