काठमाडौं । नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराज र डिशहोम तथा सिमटिभीबीच सहकार्य शुरु भएको छ।
दराजले आफ्नो बर्षको अन्तिम सेल अभियान ‘दराज १२.१२’ सफल बनाउन डिशहोमसँग सहकार्य गरेको हो।
सिमटिभी डिशहोमको डिजिटल टेलिभिजन सेवा प्रणाली हो । यो अभियान मंसिर २७ बाट शुरु भएर पुस ३ गतेसम्म सञ्चालन हुनेछ। दराज ११.११ अभियानको सफलतापछि दराजले १२.१२ अभियान बनाउन डिशहोम र सिम टिभीसँग सहकार्य गरेको हो।
यस अभियानमा सहभागी भई आलाइनमार्फत डिशहोम र सिम टिभी खरिद गर्ने उपभोक्ताले १२ प्रतिशतसम्म छुट पाउने छन्।