काठमाडौ । अब डिशहोमको ग्राहकहरुले डिशहोमको रिचार्ज गर्दा 10mbps इन्टरनेट सेवा सित्तैमा प्रयोग गर्न पाउने भएको छ।
डिशहोम फाइबरनेटले सेवा शुरु गरेसंगै डिशहोम फाइवरनेट उपलब्ध एरियाका डिशहोमका ग्राहकहरुले यस अफरबाट फाईदा लिन सक्नेछन्।
डिशहोमकोे रिचार्ज गरि मासिक, त्रैमासिक अर्धबार्षिक वा बार्षिक रिचार्जमा सोही अवधिको लागि 10mbps स्पीडको इन्टरनेट नि:शुल्क प्रयोग गर्न सक्नेछन्।
डिशहोमका ग्राहकहरुले फ्रि इन्टरनेट सेवासंगै आफ्नै मोबाईलमा DishHome GO एप मार्फत ७० भन्दा धेरै डिशहोमका च्यानलहरुका साथै VOD मार्फत नयाँ-नयाँ मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सक्नेछन् ।
DishHome GO WEB मार्फत ग्राहकले आफ्नै डेस्कटप तथा ल्यापटपमा पनि डिशहोमका च्यानलहरुको आनन्द लिन सक्नेछन्। साथै XVOD मा हजारौं घण्टाका मनोरञ्जनात्मक कार्यक्रमहरु विना अतिरिक्त शूल्क आफ्नै समयमा हेरेर मज्जा लिन सक्नेछन्।
नेपालमै टि.भि.को रिचार्ज गर्दा इन्टरनेट लगायत DishHome GO, DishHome GO WEB र XVOD फ्रि मा उपलब्ध गराउने डिशहोम पहिलो कम्पनी बन्न सफल भएको छ ।
डिशहोम फाइबरनेटले हाल बजारमा 10mbps /25mbps र 40mbps का प्याकेजहरु उपलब्ध गराएका छन् ।