काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अनिष्ट निम्याउने खतरा रहेको बताएको छ।
संकटकाल लगाउनेदेखि अघि बढेर षडयन्त्र भइरहेको आफूले सुनीरहेको भन्दै नेपालले त्यस्ता कुनै तानाबाना सफल नहुने जिकिर गरेको छ।
काठमाडौको बानेश्वरमा नेकपाको प्रचण्ड–नेपाल समूहद्वारा आयोजित छलफलमा सम्बोधन गर्दै नेपालले नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेपछि पनि प्रधानमन्त्री ओलीले आफूलाई बहुमतको प्रधानमन्त्री ठानिरहेको टिप्पणी गरेका थिए।
संसद विघटनपछि भएका संबैधानिक निकायको नियुक्तिदेखि मन्त्रिपरिषद् विस्तारसम्मका कामप्रति लक्षित गर्दै उनले यो भन्दा निरंकुश चरित्र के हुन सक्दछ, भन्दै प्रश्न गरेका थिए।
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद बोलाएर सभामुखले प्रधानमन्त्रीको निर्णय उल्ट्याउनु पर्ने बताएका थिए।
पूर्वप्रधानमन्त्री भट्टराईले बाह्य शक्तिको मतियार बनेर प्रधानमन्त्री ओलीले विघटन गरेकाले सभामुखले संसद बैठक बोलाएर निर्णय उल्ट्याउँदा हुने धारणा राख्दै प्रधामन्त्री ओली संविधान विरोधी मान्छे भएको उनको टिप्पीणी थियो।
नेता भट्टराइले बाबुरामले ओलीका कारण नेपालको भूराजनीतिक फल्स लाइनमा गएको र आउँदा दिनमा सबैभन्दा ठूलो द्वन्द्वको केन्द्र हुने चेतावनी समेत दिएका थिए।