Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शुक्रवार, माघ ९, २०७७ १०:१४:३२    Friday, 22 January, 2021
  •  
  • EN
  • E-Paper
  शुक्रवार, माघ ९, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
POLITICS
  • Home
  • News
  • काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
काम गर्न नदिएपछि ताजा जनादेशको घोषणा : प्रधानमन्त्री ओली
64x64
शनिवार, पुष २५, २०७७ News Missile

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जनताको पक्षमा काम गर्न पार्टीभित्रैबाट असहयोग गरिएकाले आफूले बाध्य भएर प्रतिनिधिसभा विघटन गर्नुपरेको प्रष्टीकरण दिएको छ।

युवा सङ्घ नेपालले यहाँ आयोजना गरेको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पार्टीभित्रैबाट संविधान कार्यान्वयन हुन नदिने, लोकतान्त्रिक संस्थालाई निकम्मा पार्ने र संवैधानिक निकायमा रिक्त पदपूर्ति गर्न नदिएर बखेडा झिकिएको बताएको हो।

“सरकारलाई काम गर्न नदिने, कानून बनाउन नदिने, कानून संसद्मा राख्यो पेश हुनै नदिने र संसदीय समितिले सरकारलाई अप्ठ्यारो पार्ने काम भयो। जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यो गतिका साथ अगाडि बढ्ने काम नभएपछि चुनावमा गएर नयाँ जनादेश ल्याएर देशलाई अगाडि बढाउनुपर्छ भनेर मैले निर्वाचनको घोषणा गरेको हुँ”, उनलेे भने।

प्रधानमन्त्रीले ताजा जनादेशका लागि भनेर आफूले निर्वाचनको घोषणा गर्दा पार्टीभित्र र बाहिरका व्यक्ति अत्तालिएको बताएका छन्। आफूले जनअपेक्षाअनुसार काम गर्दा पार्टीभित्रका केही नेता आत्तिएर आफूलाई प्रधानमन्त्रीबाट हटाउन लागिपरेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे।

जननिर्वाचित सरकारले गरेको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक भनेर केही व्यक्तिले अभिव्यक्ति दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको जिम्मेवारीमा बसेको व्यक्तिले अदालतलाई धम्क्याउने क्रियाकलाप गर्न नहुने बताए।

प्रधानमन्त्री ओलीले भने, “म उहाँहरुलाई भन्न चाहन्छु, उहाँहरुजस्तो सर्वोच्च अदालतको सर्वोच्च ठाउँमा पुगिसकेको मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढङ्गले प्रभावित गर्ने, धम्क्याउने कुनै पनि क्रियाकलाप गर्न सुहाउँदैन।” प्रधानमन्त्री ओलीले सम्मानित न्यायापालिकाको कदर गर्न सिक्न पनि आग्रह गरेका छन् ।

जनताका बीचमा जाने कुरा लोकतन्त्रविरोधी नहुने प्रष्ट पार्दै उहाँले जनताका बीचमा जान डराउनेचाहिँ लोकतन्त्रविरोधी भएको टिप्पणी गर्नुभयो। प्रधानमन्त्री ओलीले भने, “हामी लोकतन्त्रवादी हौँ, जनताका बीचमा जाने निर्णय गरेका छौँ, ताजा जनादेशमा जाने पक्षमा छौँ, संविधानको कार्यान्वयन गर्ने र लोकतन्त्रको विकासमा जाने कुरा गरेका छौँ।”

निर्वाचन तोकिएको मितिमै हुने ठोकुवा गर्दै प्रधानमन्त्री ओलीले निर्वाचन हुन्छ कि हुँदैन भनेर भ्रममा नपर्न सबैलाई आग्रह गरे। “सम्पूर्ण दाजुभाइ, देशवासी कोही पनि भ्रम र अन्योलमा पर्नु आवश्यक छैन”, प्रधानमन्त्री ओलीले भने, “सरकारले कुनै तानाशाही व्यवस्था ल्याउँदैन, निर्वाचनको मिति एक दिन पनि तलमाथि हुँदैन ।” चुनावी वातावरणको आँधीबेहरी सिर्जना गर्न नेता, कार्यकर्तालाई आग्रह गर्दै उनले देश र जनताको पक्षमा काम नगर्ने तत्वलाई निर्वाचनबाटै पाखा लगाउनुपर्ने बताए। 

कार्यक्रममा युवा सङ्घका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संसद् विघटनको विरुद्धमा बोल्नुको कुनै अर्थ नरहेको बताए ।

ताजा जनादेशका लागि जनतामा जान्छु भन्नु कसरी निरंकुशता हुन्छ भन्ने प्रश्न गर्दै बस्नेतले निर्वाचनको मिति घोषणा गरेर जानु अग्रगमनकारी कदम भएको दावी गरेका थिए।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०८:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
POLITICS
सांसद् किनबेचको खेल पुनः हुन थालेकाले प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री ओली
64x64
बिहिवार, माघ ८, २०७७ News Missile
पुरा पढ्नुहोस्
POLITICS
पार्टीभित्र विवाद र बहस हुनु सामान्य, संसद् भङ्ग गरिनु अस्वाभाविक : अध्यक्ष दाहाल
64x64
बुधवार, माघ ७, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
अदालतलाई नधम्क्याउन प्रधानमन्त्रीको आग्रह शुक्रवार, माघ ९, २०७७ -->
प्रतिनिधिसभा विघटन सदर भए सडकबाटै सच्याइने चेतावनी
प्रचण्ड-नेपाल समूहको वृहत शक्तिप्रदर्शन
सप्ताहव्यापी शहीद दिवसको आयोजना
राधिका थापा बनिन् प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम गर्ने पहिलो महिला सैनिक
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला
महिला लिग फुटबलमा सावित्राको ह्याट्रिकसँगै एपिएफ विजयी
व्रिटिस गोर्खा नेपालको सहयोगमा सरसफाई अभियान कार्यक्रम
शुक्रबारको जनप्रदर्शन शान्तिपूर्ण हुन्छ : नेकपा
Opinion
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
कोरोना विरुद्धकाे भ्याक्सिन Shyam Smrit
Conversation
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
दूरसञ्चार क्षेत्रका रुग्ण आयोजनाले गति लिन थालेका छन् : डिल्लीराम अधिकारी शुक्रवार, भदौ १२, २०७७
DEVELOPMENT & RECONSTRUCTION
इजरायलमा नेपाली कामदार लैजाने बाटो खुला बिहिवार, माघ ८, २०७७
बेलायतको रंगभेद तथा जातीय विभेदविरुद्ध रणनीति बनाउने समितिमा शिवजी श्रेष्ठ नियुक्त बिहिवार, माघ ८, २०७७
मेचीपारि बन्यो पहिलो अस्थायी प्रहरी बिट मगलवार, माघ ६, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP