मकवानपुर । मकवानपुर हेटौँडा ५ स्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पार्टी कार्यालय तालाबन्दी भएको छ।
नेकपाका केन्द्रीय सदस्यहरु रामेश्वर राना, रघुनाथ खुलाल, जुनेली श्रेष्ठ, महेशकुमार बर्तौला, नेकपा मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, पार्टीका जिल्ला नेताहरु, जनवर्गियसंगठनका नेताहरुको सहभागितामा तालाबन्दी भएको हो।
भर्खरै जिम्मेवारी पाएका नेपाल कम्युनिस्ट पार्टी मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ भने, "पार्टी कार्यालयमा कुनै अवाञ्छित गतिविधि हुन नपाओस् र पार्टीका हजारौं कार्यकर्ताहरुको मिहिनेत, परिश्रम, लगानी र पसिनाबाट निर्माण भएको पार्टी कार्यालय लगायत सम्पत्तिको पूर्ण सुरक्षा होस् भन्ने उदेश्यले सुरक्षा ताला लगाइएको अबगत गराउदछौ । पार्टीका सम्पुर्ण सम्पत्तिको रक्षा गर्नु हाम्रो प्रमुख दायित्व हो। यो दायित्व पूरा गर्ने कुरामा हामी कहि कतै अलिकति पनि च्युत हुने छैनौं भन्ने कुरा पार्टीका आम पङ्तिमा बिश्वास समेत दिलाउँदछौ।"
त्यस्तैगरी पार्टी कार्यालयको संम्पती सुरक्षा र अदालतमा यो विषयले प्रवेश गरेको भन्दै छिनोफानो नभइन्जेलसम्मका लागि सुरक्षा आवश्यक रहेको भन्दै आफूहरुले तालाबन्दी गरेको केन्द्रीय सदस्य रानाको भनाई थियो।
कार्यालयको मुलढोकामा तालाबन्दी गर्ने क्रममा बोल्दै नेकपा मकवानपुरका अध्यक्ष श्रेष्ठले पार्टी कार्यालय हजारौ नेकपाको रगत पसिनाबाट बनेको भन्दै कार्यालयको सुरक्षा आफूहरुको प्राथकिमकतामा परेको बताए।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको भन्दै चोइटिएर गएकाहरुका लागि पनि कार्यालय प्रयोग गर्न खुला रहेको गरिएको जनाइएको छ।