Navigation
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
शनिवार, फाल्गुन १५, २०७७ ०४:२५:३१    Saturday, 27 February, 2021
  •  
  • EN
  • E-Paper
  शनिवार, फाल्गुन १५, २०७७ EN
  • HOME
  • TOP STORIES
    • POLITICS
    • EDITORIAL
    • TECHNOLOGY
    • CONVERSATION
  • SOCIAL
    • EDUCATION & LITERATURE
    • HEALTH
    • CULTURE & ARTS
    • CRIME
    • DEVELOPMENT & RECONSTRUCTION
    • PUBLIC POLL
    • FASHION & BEAUTY
  • BUSINESS
    • BANK & FINANCE
    • TRAVEL & TOURISM
    • AGRICULTURE & FOREST
    • ENERGY
    • AUTOMOBILES
  • ENTERTAINMENT
    • MUSIC & SONGS
    • FILM
    • EVENTS
    • RADIO
    • DRAMA
  • SPORTS
  • WORLD
  • MORE
    • PROVINCIAL
    • PHOTO GALLERY
    • VIDEOS
  • E-Paper
POLITICS
  • Home
  • News
  • प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
प्रतिनिधिसभा विघटन मुद्दाको सुनुवाइ सर्याे
64x64
आइतवार, माघ ४, २०७७ News Missile

काठमाडौ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ। रिट निवेदकको माग र विषयवस्तु बारे आजदेखि मात्र सुनुवाइ शुरु भएको हो।

दोस्रो सत्रको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताएका थिए।

संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट यसअघि अधिवक्ता भण्डारी स्वयंले प्रतिनिधिसभाको कार्यकाल ५ वर्षका लागि भएकाले प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार नभएको बताएका थिए ।

त्यस्तै अधिवक्ता गिरिराज भट्टले विगतमा गिरिजाप्रसाद कोइरालाले आफूसँग भएको अधिकार प्रयोग गरेर तत्कालीन श्री ५ लाई विघटन सिफारिश गरिएपछि प्रतिनिधिसभा विघटन भए पनि अहिले नेपालको संविधानमा त्यो व्यवस्था नभएको जिकिर गरेका थिए ।

अधिवक्ता डा भीमार्जुन आचार्यले वर्तमान संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख नगरिएको जिकिर गरेका थिए।

गत पुस ११ देखि सर्वोच्च अदालत, संवैधानिक इजलासमा सुनुवाइ शुरु भई क्षेत्राधिकार विवादमा बहस भएपछि संवैधानिक इजलासमै सुनुवाइ गरिने भनी यही माघ २ गते आदेश भएको थियो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि विषयवस्तुमा प्रवेश गरेर बहस शुुरु भएको हो।

उक्त विवादमा संवैधानिक इजलास वा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भनेर गत पुस २२, २९ गते हुँदै यही माघ २ गते संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय भएको हो।

रिट निवेदक १३ जनामध्ये ११ जनाले उक्त विषय बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्नुपर्ने माग गर्दै पूरक निवेदन दिएकाले क्षेत्राधिकारका विषयमा लामै बहस र छलफल भएका थिए।

गत १० पुस गते संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो।

आदेशअनुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले गत पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेको छ।

अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कलप्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो।

अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक रहेको छ।

प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले यही पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेको थियो ।

रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभाको ५ वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ।

त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर ओली, कमलबहादुर खत्री, मनिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले निवेदन दायर गरेको थियो।

कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सो सिफारिशका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा, १३३ को उपधारा, २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ।


प्रकाशित मिति: आइतवार, माघ ४, २०७७, ०४:०१:००
प्रतिक्रिया दिनुहोस्
MORE
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
अष्टलक्ष्मी शाक्य, हितमान शाक्य र नेत्री अमृता थापामगर पक्राउ
निर्धक्क सार्वजनिक यातायात, पेशा, व्यवसाय सञ्चालन गर्न गृह मन्त्रालयको आग्रह
POLITICS
देशव्यापीरुपमा आमहड्तालको घोषणा ओली नेतृत्वको सरकारलाई १० महिनामै पराजित गर्ने अध्यक्ष प्रचण्डकाे उद्घाेष
64x64
बुधवार, माघ २१, २०७७ News Missile
पुरा पढ्नुहोस्
POLITICS
दाहाल-नेपाल समूहकाे आधिकारिकता दाबी पेश
64x64
मगलवार, माघ २०, २०७७ News Missile
पुरा पढ्नुहोस्
LATEST NEWS
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं शनिवार, माघ २४, २०७७ -->
बालप्रतिभा प्रष्फूटन कार्यक्रम सम्पन्न
फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज गर्दा डिशहोममा छुट
डिसहोम रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ कार्यक्रम
जनतालाई अस्थिरता होइन चुनाव चाहिएको छ, देश चुनावतर्फ गयो, गयो : प्रधानमन्त्री
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी
हिमपातबाट किसान खुशी, जनजीवन कष्टकर
टेलिकमलाई व्यावसायिक र प्रतिष्पर्धी बनाउने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन
शुक्रबारकाे बृहतसभालाई प्रम, उपप्रम र गृहमन्त्रीले सम्बोधन गर्ने
Opinion
ज्यानमारा क्यान्सर रोगवाट बचौं र बचाऔं Shyam Smrit
कोरोना महामारी सल्काउने आन्दोलन Shyam Smrit
स्वावलम्बन जीवनशैली अवधारणाको औचित्य Shyam Smrit
Conversation
बेथितिदेखि चित्त नबुझेर मैले राजनीति गरेको हुँ : वडा अध्यक्ष नारायण केसी शनिवार, माघ १७, २०७७
अर्थतन्त्र पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल शनिवार, कार्तिक १५, २०७७
चलचित्रको विषयबस्तुको गहनतालाई हेरी सरकारले सहयोग गर्नुपर्छ : निर्देशक महर्जन शनिवार, कार्तिक ८, २०७७
DEVELOPMENT & RECONSTRUCTION
राष्ट्रपतिद्वारा बेपत्ता व्यक्ति छानबिन आयोग अध्यादेश जारी शुक्रवार, माघ २३, २०७७
बख्तरबन्द गाडीसहित सेनाको चक्रपथ परिक्रमा सोमवार, माघ १९, २०७७
सशस्त्र सङ्घर्षका शहीद तथा बेपत्ता परिवारलाई परिचयपत्र दिइने बुधवार, माघ १४, २०७७
ADDRESS

Sanchar Media Group Pvt. Ltd.

Lagankhel-5, Lalitpur, Nepal.

Reg. Govt. of Nepal

DOI Reg. No. : 229/2073/074
OCR Reg. No.: 127762/071/072
IRD VAT Reg. No.: 602428620

Nirman Chamling Rai

Editor
Contact no: 9840021942
E-mail: [email protected]

Dipak Kumar Bist

Legal Adviser

News

Email: [email protected]
Office: 9802038000

Marketing

Contact No: 977-01-5121231
Email: [email protected]
MENU
  • TOP STORIES
  • SOCIAL
  • BUSINESS
  • ENTERTAINMENT
  • SPORTS
  • WORLD
  • MORE
  • PHOTO GALLERY
  • VIDEOS
TRENDING
  • ##Coronavirus
  • # नेपाली कांग्रेस
  • #प्रधानमन्त्री केपी शर्मा ओली
  • #बझाङ
  • #साेलुखुम्बू
SOCIAL MEDIA
FACEBOOK PAGE
Newsmissile
©Sanchar Media Group Pvt. Ltd.- 2021 All rights reserved.
Site By: SoftNEP